पर्सा ,११ असार
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जमा केहि महिनादेखि व्यक्तिगत स्वार्थले आन्तरिक मनमुटाव सुरु भएको छ । १५ सदसीय संघको कार्यसमितिमा अहिले आन्तरिक मनमुटावले संघ दुई गुटमा विभाजन भएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्तले केहि समयदेखी एकलौटी रुपमा संघलाई बढाउन खोजेपछि आन्तरिक विवाद छताछुल्ल भएको हो ।
अध्यक्ष पन्तले पछिल्लो समयमा गर्दै आएका गतिविधिमा संघका अधिकांश कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागीता नजाएको स्पष्ट रुपमा देखिएको छ ।
पन्तले अहिले होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जमा आफनो आसेपासेलाई भित्रयाएर निजि बनाउन थालेको देखिएपछि संघ दुई गुटमा विभाजित भएको उनकै निकट एकजना पदाधिकारीले बताए ।
उनका अनुसार अहिले अध्यक्ष पन्तले गर्दै आएको विभिन्न गतिविधिमा संघका ५ जना भन्दा बढि सदस्यहरु सहभागी नभएको अवस्था छ ।
संघ स्थापना भएको समयदेखि अध्यक्ष पन्तले ठुला कार्यक्रम गर्ने समयमा कहिले कांही मात्र सबै पदाधिकारी र सदस्यहरुलाई बोलाएर कुराकानी गर्ने गरेका छन ।
स्रोतका अनुसार पन्तले आफ्नो निकट रहेकालाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जको कार्यक्रममा सहभागी गराउने र बाँकी कार्यसमितिका पदाधिकारी र सदस्यलाई वेवास्ता गर्ने गरेको पाएको छ ।
कार्यसमितिका को कता तिर ?
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जमा आन्तरिक विवाद सुरु भएपछि कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरु अध्यक्ष पन्तको विपक्षमा उभिएका छन ।
अहिले विवाद पछी अध्यक्ष पन्तको गुटमा बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा , महासचिव माधव बस्नेत ,सदस्यहरु शेखर चौधरी , सुरेश साह सोनार मात्र रहेका छन ।
भने उनका विपक्षमा अर्को उपाध्यक्ष कुमार श्रेष्ठ ,सहसचिव लक्ष्मी पाठक ,कोषाध्यक्ष पुष्प श्रेष्ठ ,सदस्यहरु कुबेर कार्की ,संदिप बस्नेत ,हिरा श्रेष्ठ ,सन्तमाया श्रेष्ठ ,नरेन्द्र मोक्तान रहेका छन ।
विपक्षमा रहेकाहरुलाई अध्यक्ष पन्तले गर्दै आएका केहि गतिविधिहरु थाहा नै नहुने गरेको बताएका छन ।
एकजना पदाधिकारीका अनुसार अध्यक्ष पन्तले होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जलाई अहिले प्राईभेट कम्पनि बनाउन थालेका छन ।
आउँदो अधिवेशनमा पन्तलाई अध्यक्ष बाट हटाउनका लागी आन्तरिक तयारी गरेपछि उनले आफुनो विपक्षमा रहेकाहरुलाई अहिले होटल तथा पर्यटन व्यवसायी संघको गतिविधिमा खबर नै छाडेर गुटको भेला गर्न थालेका छन ।