लहान ।सिरहाको बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभा सम्पन्न भएको छ ।
पालिका अध्यक्ष संतोष महतोले उद्घाटन गरेको गाउँसभामा आर्थिक बर्ष ७८/७९ को लागि ५४ करोड १० लाख १९ हजारको बजेट पालिकाको उपाध्यक्ष रेखा कुमारी यादवले प्रस्तुत गरेका थिए । चालु तर्फ २५ करोड २७ लाख र पुजीगत तर्फ १५ करोड ८३ लाख १९ हजारको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत रंजित जंग अधिकारीले जानकारी दिए । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिचाई, बाटोघाटो मर्मत, निर्माण, बिजुलीबती जडान, भौतिक निर्माणका अन्य कार्यहरु, मठमन्दिर, मस्जिद निर्माण, मर्मत लगायतका रचानात्मक कामहरु बजेटमा समेटिएको छ । पालिका अध्यक्ष महतोको अध्यक्षतामा सम्पन्न भयो।