वीरगन्ज ,२८ जेठ
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले मधेस आन्दोलनका जिउँदो सहिद मुन्सी राउत पटेललाई आज आर्थिक सहयोग प्रदान गरेका छन ।
प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले जिउँदो सहिद पटेललाई सहयोग बापत पठाएको १ लाख नगद अध्यक्ष यादवले प्रदान गरेका हुन ।
वीरगन्ज महानगरपालिका २८ बगही निवासी जिउँदो सहिद पटेलको घरमै पुगेर सहयोग प्रदान गरिएको हो ।
दोस्रो मधेस आन्दोलन २०७२ मा प्रहरीले चलाएको गोलि लागि उनी घाइते भएका थिए ।
सहयोग प्रदान कार्यक्रममा जनता समाजवादी मुस्लिम संघका नेता महम्द नुरुलहोदा ,जनता समाजवादी पार्टी नेपाल पर्साका जिल्ला सदस्य जयनारायण पटेल , समाजवादी युवा संघ पर्साका वरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे लगायतका नेताहरु सहभागिता रहेकोे थियो ।