वीरगन्ज ,२४ जेठ
प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री पदबाट पदमुक्त भएका जितेन्द्र सोनारको गाउँ मै खुशीले पडका पडकाइएको छ ।
बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमालका सोनार पदमुक्त भएपछी स्थानीय युवाहरुले खुशीले पडका पडकाएका हुन् ।
आइतबार अबेर राति पदमुक्तमा परेका सोनारको पुर्खौली गाउँमै सोमबार राति पडका पडकाएर खुशीमा मनाइएको छ ।
पदमुक्तमा परेका सोनारले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियानका नाममा करोडौं करोड भ्रष्टाचार गरेका छन ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार साँझ भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलसहित ४ जनलाई पदमुक्त गरेका थिए । सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली काग्रेस र माओवादी केन्द्रसँग छलफल अगाडि बढाएका छन् ।