वीरगन्ज,२३ जेठ /
वीरगन्जको तराई हस्पिटल प्राईभेट लिमिटेडको अकास्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५५ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुमा तबसुन अंसारी ,सविता देवी ,सुवेक्षा चौधरी ,नुरजहान खातुन,ललिता खड्का,सिमा चौधरी ,पुजा कुमारी साह,सजहाम खातुन ,डा.जमिल अख्तर,डा.अजय साह,मित्रदेव यादव,नसिम अख्तर शनि गुप्ता,रविन्द्र चौरसीया,दिलिप राउत कुर्मी,विजय गुप्ता लगायतका रहेका छन ।
जिल्लामा लगाईएको निषेधाज्ञामा रक्तदान कार्यक्रम आयोजना नहुदाँ ब्लड बैंकमा रगतको अभाव भएपछि आक्समिक रक्तदान कार्यक्रम आयोजना गरीएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत नसिम अख्तरले जानकारी दिए ।
उनका अनुसार यो महामारीमा बिरामीलाई रगत अभाव आवश्यक पर्ने र रक्तदान कार्यक्रम आयोजना नहुदाँ रगतको अभावलाई हटाउन रक्तदान कार्यक्रम गरीएको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञामा अधिकांश मात्रामा रक्तदान कार्यक्रमको आयोजना हुन नसकेपछि ब्लड बैंकमा अभाव भएको छ । रक्तदान कार्यक्रममा अस्पताल प्रमुख डा. रोसन कुर्मी सहित अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।