Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिरहाको सञ्चारकर्मीलाई नेताको धम्की

Sima Post Sima Post
२० जेष्ठ २०७८, बिहीबार
सिरहाको सञ्चारकर्मीलाई नेताको धम्की
83
SHARES
258
VIEWS
Share on FacebookShare on Twitter

लहान । सिरहाको पत्रकारलाई एक नेताले धम्की दिएको छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का एकजना स्थानीय नेताले एक सञ्चारकर्मीलाई धम्की दिएका छन् ।

कल्याणपुर नगरपालिका–११ घर भएका एमालेका स्थानीय नेता वैद्यनाथ साहले सञ्चारकर्मी सितल कुमार झालाई धम्की दिएका हुन् । सिरहा सदरमुकामबाट सञ्चालित रेडियो मुस्कानका सञ्चालकसमेत रहेका सञ्चारकर्मी झालाई उनले सामाजिक सञ्जाल फेसबुकको एउटा पोष्ट लिएर फोन गरी आफूसँगको दुश्मनी भारी पर्ने चेतावनी दिएका छन् । ‘पानीमा रहेर गोहीसँग दुश्मनी नगर,’ उनले बुधबार साँझ फोन गरेर झालाई भनेका छन्, ‘नत्र पछि केहि भयो भने यो नभन्नु कि यो कसरी भयो ।’ सञ्चारकर्मी झाले बुधबार साँझ एकजना स्थानीय नेताको समर्थनमा फेसबुकमा एउटा स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका थिए, ‘कल्याणपुर नगरपालिकालाई रामबाबु यादव जस्तो नगर प्रमुख अति नै आवश्यक छ । अब कि बार रामबाबु कि सरकार । मेरो समर्थन खुल्ला रुपमा तपाईलाई ।’ रामबाबु यादव जसपाका स्थानीय नेता हुन् । गत स्थानीय चुनावमा तत्कालिन राजपाबाट मेयरमा उम्मेदवारी दिएका यादव झिनो मतले मात्रै पराजित भएका थिए । साह भने अब हुने स्थानीय चुनावमा मेयरको लागि उम्मेदवारी दिने आन्तरिक तयारी गरिरहेका छन् । स्थानीय सरकार आएको झण्डै ४ वर्ष बितेपनि नगरपालिकाको अवस्था जर्जर नै देखेर आफूले उक्त पोष्ट गरेको झाले बताए । ‘कसैको समर्थन वा विरोध गर्नु सबैको मौलिक अधिकार हो,’ झाले भने, ‘मलाई नगरका अन्य नेताको तुलनामा रामबाबुजी राम्रो लागेर मैले उहाँको समर्थनमा स्टाटस लेखेँ । मैले समाचार लेखेको होइन फेरि, स्टाटस लेखेको हो । स्टाटस मान्छेका निजी विचार र धारणा हुन्छन् । तर, स्टाटसकै कारण यस्तो धम्की आएपछि दुःख लागेको छ । मैले त कसैलाई गाली गरेको छैन । मैले कसैको समर्थनमा लेख्दा उहाँलाई किन समस्या ?’ सञ्चारकर्मीलाई धम्क्याउने कार्य लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने भन्दै साहलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्यसमेत रहेका पत्रकार देवकुमार यादवले माग गरेका छन् । ‘सामाजिक सञ्जाल निजी विचार राख्ने माध्यम हो,’ उनले भने, ‘यहाँ जोसूकैले आफ्ना धारणा राख्न सक्छन् । तर, एउटा सञ्चारकर्मीमाथि सत्ताको आडमा यस्तो धम्कीपूर्ण भाषा प्रयोग गर्नु खेदजनक हो । यस्तालाई कानुनी दायरामा ल्याउन आग्रह गर्छु ।’ सञ्चारकर्मीलाई यस्तो धम्की दिने यस्ताहरुले निमुखा जनतालाई झन् कसरी तर्साएर राखेका होलान् भन्ने प्रश्नसमेत उनले गरे । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सञ्चारकर्मीको सुरक्षा गर्ने सरकारको दायित्व रहेको भन्दै आफू कहाँ उजुरी आए आफू कानुन सम्मत सहयोग गर्ने बताए । घटना सम्बन्धमा आफू कहाँ उजुरी आइनसेको र आएपछि कानुनी प्रक्रिया अगाडि बढाउने सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए । यता, नेपाल पत्रकार महासंघ सिरहाले सञ्चारकर्मीमाथिको धम्की घटनाको भत्र्सना गरेको छ । राजनैतिक र सत्ताको उन्मादमा सञ्चारकर्मीमाथिको व्यवहार निन्दनीय रहेको भन्दै साहले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अन्यथा कानुनी उपचार खोज्ने महासंघका अध्यक्ष मनोज बनैताले बताए ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२० जेष्ठ २०७८, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२० जेष्ठ २०७८, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२० जेष्ठ २०७८, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२० जेष्ठ २०७८, बिहीबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

२० जेष्ठ २०७८, बिहीबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२० जेष्ठ २०७८, बिहीबार
Next Post
खाना पकाउने ग्यास ११ सयमा

खाना पकाउने ग्यास ११ सयमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी