वीरगन्ज,१७ जेठ
/
ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरिक्षक बिन्देश्वर यादव आएपछि अवैध गतिविधि न्युनिकरण हुदै गएको छ । केहि समयदेखि अवैध रुपमा संचालनमा रहेको अवैध रक्सी भट्टीमा प्रहरीलाई छापा मारेर नष्ट गरेको छ ।
सोमबार दिउँसो ईलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरिकक्ष श्यामबाबु यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका वडा नम्बर १ त्रिवेणीमा स्थानीय कृष्णा यादव र प्रसौनी गाँउपालिकाको वडा नम्बर १ ठुलो नौतनमा स्थानीय जितेन्द्र पटेलले संचालन गरेको रक्सी भट्टीमा छापामारी गरेको हो ।
छापामारीको क्रममा प्रहरीले भट्टीमा रक्सी बनाउनका लागी तयारी अवस्थामा राखिएको कच्चा पदार्थ तिन हजार लिटर (२ ड्रम)र ३ सय ५० लिटर तयारी रक्सी बरामद गरेको प्रहरी निरीक्षक बिन्देश्वर यादवले बताए । यस्तै रक्सी राख्ने ठुलो ड्रम ३ वटा नष्ट,ठुलो ड्रम २ वटा र एक वटा रक्सी बनाउने मेशीनलाई पनि नियन्त्रणमा लिएको उनले बताए ।
ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखमा प्रहरी निरीक्षक यादवले सम्हालेदेखि अवैध कार्यमा प्रहरीले सक्रियताका साथ निगरानी बढाएको प्रहरीले जनाएको छ । अहिले गलत प्रबृत्तिका ब्यक्तिहरुमा त्रास पैदा भएको छ । केहि समयदेखी सक्रिय रहेका उनीहरुले भने यादवले जिम्मेवारी सम्हालेदेखि त्रसिएका छन ।

सम्वन्धित समाचार :