
गौतम बुद्ध सनातन धर्म संस्कृति मै जन्मिए पनि उहाँले सनातन धर्मलाई त्यागेर धार्मिक क्रान्ति गर्न जंगल पसे । सनातन धर्मलाई चार वर्णमा बिभाजित गरिएको छ । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र। श्रीमद्भागवत गीत अनुसार कृष्ण भगवानले भनेका छन । जन्मको आधारमा होइन कर्मको आधारमा कुनै पनि व्यक्ति ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र हुन्छन् ।
तर मनुस्मृती का पिता भनेर चिन्निने मनु महराजले यति झुठो र भ्रमित अझै भन्ने हो भने असत्य कुरा मात्र मनुस्मृतिमा लेख्नु भएको छ । जसको कारणले गर्दा आज हिन्दु धर्मको यो दुर्दशा छ । मनु महराज चाहिँ ब्राह्मण परिवारमा जन्मिएका थिए त्यसैले आफ्नो वर्णको मात्र प्रभुत्व रहिरहोस र जन्मजात बाहुन पुज्निय होस् र जन्म जात कोहि शुद्र अछुत होस् जस्ता कुविचार ले भरिएको छ मनुस्मृती ।
मनु महराज चाहिँ श्रीमद्भागवत गीताको ज्ञान न भएर त पकै न लेखेको होलान् मनुस्मृती । यो समाजमा आफ्नो अर्थात ब्राह्मणवाद को एकक्षत्रिय प्रभुत्व जमाइ राख्नको निम्ति श्रीमद्भागवत गीता भन्दा पनि माथी आफू र आफैले लेखेको मनुस्मृती अर्थात मनुवाद जबर्जस्ति लाद्न खोजियो ।
पहिले नै मनुस्मृति लाई हिन्दु धर्मको बिधानको रुपमा जबर्जस्ति लादेर मान्न लगाइयो । त्यति बेला नमान्नुको अर्को कुनै विकल्प पनि थिएन ।
मनुस्मृतिमा यति धेरै शुद्र लाई लक्ष्यित गरि उनिहरु लाई हेपियो कि शुद्र बेद बचल बोल्यो भने त्यसको जिब्रो काटिदिने बिधान छ । कुनै ब्राह्मण लाई छोइदियो भने हात काट दिने बिधान छ । यस्ता पाखन्ड ले मात्र भरिएको छ मनुस्मृती ।
जब जब भौतिकवादको चर्चा हुन्छ । त्यसबखत सर्वाहारा वर्गका महान गुरु कार्ल मार्क्सको नाम लिइन्छ । तर मेरो बुझाइमा यो संसारमा भौतिवादको बीउ छर्ने पहिलो व्यक्ति बुद्ध नै हुन ।
जसले कर्मकाण्ड, रुढीबादी परम्परा र मनुवाद बाट मुक्ति दिलाउनको निम्ति वैज्ञानिक तरिकाले आफै प्रयोग गरि बौद्ध धर्मको स्थापना गर्नु भयो ।
जब क्रान्तिको कुरा हुन्छ तब मान्छेको बुझाइ चाहिँ युद्ध तिर नै जान्छ । तर क्रान्ति भन्नु साथ मात्र युद्ध लाई न भइ ज्ञान, बिज्ञान र बिचारले पनि क्रान्तिकारी हुनुपर्छ ।
उदाहरणको लागि भारत जब अङ्ग्रेजको गुलाम थियो । त्यो बेला महात्मा गान्धीले शान्तिपूर्ण तरिकाले आन्दोलन गरि भारत लाई आजाद गराएका थिए । बुद्ध आजभन्दा पचिस सय बर्ष अगाडि यो समाजलाई मनुवाद बाट मुक्ति दिलाउनको लागि धार्मिक क्रान्ति गरेका थिए ।
लेखक – अभिषेक ठाकुर