वीरगन्ज,१६ जेठ /
ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखको रूपमा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जिम्मेवारी सम्हालेदेखि गलत प्रबृत्तिका ब्यक्तिहरुमा त्रास पैदा भएको छ । केहि समयदेखी सक्रिय रहेका गलत प्रवृतिका व्ब्यक्तिहरुले यादवले जिम्मेवारी सम्हालेदेखि उनीहरुमा त्रास पैदा भएको हो ।
यादव प्रसौनीको जिम्मेवारी पाएपछि तस्करी बन्द भएकाले केहि दिन देखि केहि गलत प्रबृत्तिका ब्यक्तिले गलत आरोप लगाएर बदनाम गर्न थालेका छन ।
उनले कुनैपनि हालतमा आफ्नो कार्यकालमा गलत गतिविधि जस्ता क्रियाकलाप हुन नदिन अडान लिएपछि उनको विरुद्धमा गलत प्रबृत्तिका ब्यक्तिले अनावश्यक समाचार सम्प्रेषण गर्न लगाएका छन ।
प्रहरी निरीक्षक यादव शान्ति सुरक्षा, प्रहरी र समुदायबिचको सम्बन्ध र गलत क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्थानीयबासीले बताएका छन ।
उनी जिम्मेवारी आउनु अगाडि गलत प्रवृतिका व्यक्तिहरुका कारण प्रहरी र स्थानीयबीच दुरी बढेको थियो । तर यादव कार्यभार सम्हालेकै दिनदेखि अहिले स्थानीयसंग प्रहरीको सम्बन्ध सुधार भएको पाएको छ ।
स्थानीयका अनुसार गत बैशाख महिनामा प्रहरी प्रमुखमा यादव आएपछि स्थानीयहरुको समान्य झैभगडा जस्ता विवाद आफ्नै मातहतमा सुल्झाउन थालेका छन । जसका कारण स्थानीयहरुले प्रहरीलाई देख्न सम्मानजनक व्यवहार गर्न थालेका छन ।
प्रहरी निरीक्षक यादव जिम्मेवारी सम्हालेदेखि प्रहरी र स्थानीयबासीको सम्बन्ध एकदमै सुमधुर भएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले बताएका छन ।
गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञामा प्रहरी निरीक्षक यादवले सकरात्मक भुमिका निर्वाह गरेका छन ।
प्रहरी निरीक्षक यादवले निषेधाज्ञा पालना गराउनका लागी समुदाय स्तर मै पुगेर प्रहरी र समुदाय सम्बन्ध सुमधुर र गलत प्रकृतीको कामलाई रोक्दै शान्त बनाएका छन ।
यस्तै प्रहरी निरीक्षक यादवले लामो समयदेखि अव्यस्थित रुपमा रहेको प्रहरी आवास ,मेस भवण ,शौचालय ,सुत्ने कोठा लगायतका भौतिक पुर्वाधारलाई पालिकाहरुको सहयोगमा र प्रहरी कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुको श्रमदानबाट निर्माण गराएका छन ।
गत २०७५ सालमा प्रदेश २ मन्त्रीस्तरीय बैठकबाट निर्णय बमोजिम अस्थायी प्रहरी पोष्ट गण्डकलाई स्तरवृद्धि भएर ईलाका प्रहरी कार्यालयको नामाकरण भएर दैनिक कार्य संचालन हुदै आएको थियो ।
भने प्रहरी जवान र प्रहरी हवल्दारहरुले टहरा सुतदै आएपछि उनले आफ्नै व्यक्तिगत सम्बन्धले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन गराएर निर्माण कार्य सुरु गराएका छन । उक्त भवण निर्माणका लागी गत जेठ ७ गतेमा बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीबाट शिल्यनाश गराएका हुन । प्रहरी निरिक्षक यादवले ईलाका प्रहरी कार्यालयको प्रहरीलाई काम कारवाहीमा पनि आन्तरिक रूपमा उल्लेखनीय सुधार गरेका छन ।
© 2024: Sima Post | All right reserved | Privacy Policy