वीरगन्ज,११ जेठ /
नेपाल स्काउट वीरगन्ज महानगरपालिका कमिटिले खाना वितरण अभियान वीरगन्जमा सुरु गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञाबाट प्रभावित विपन्न ,गरिब ,दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागी खाना वितरण अभियान सुरु गरेको हो ।
गत जेठ ५ बाट सुरु भएको खाना वितरण अभियानमा बिहान र बेलका गरी एक सय जनालाई खाना वितरण गर्दै जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी गरीएको निषेधाज्ञामा कसैलाई भोकले सुत्नु नपरोस भन्ने लक्ष्यका साथ खाना वितरण अभियान संचालन गरीएको नेपाल स्काउट वीरगन्ज महानगरपालिका कमिटिका संयोजक मेराजुल हवारीले बताए ।
उनका अनुसार गत बैशाख १६ बाट लगाईएको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर खाने गरीब तथा विपन्न परिवारलाई समस्या देखिएपछि यो अभियान संचालनमा ल्याईएको हो ।
© 2024: Sima Post | All right reserved | Privacy Policy