वीरगन्ज ,७ जेठ /
लायन्स क्लब अफ वीरगन्ज, वीरगन्ज सेन्ट्रल र लियो क्लब अफ वीरगन्जको संयक्त आयोजना खाना वितरण अभियान वीरगन्जमा सुरु भएको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञाबाट प्रभावित विपन्न ,गरिब ,दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागी खाना वितरण अभियान सुरु भएको हो ।
गत जेठ ५ बाट सुरु भएको खाना वितरण अभियानमा वीरगन्ज महानगरपालिकाले खाद्यान्नका लागी आवश्यक पर्न विभिन्न समाग्राी सहयोग गरेको छ ।


यो अभियानमा बिहान र बेलका गरी दुई सय जनालाई खाना वितरण गर्दै असार ४ गते सम्म वीरगन्ज महानगरपालिका भित्र संचालन हुने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागी गरीएको निषेधाज्ञामा कसैलाई भोकले सुत्नु नपरोस र सबैलाई सहज रुपमा खाना पावोस भन्ने लक्ष्यका साथ खाना वितरण अभियान संचालन गरीएको लियो क्लब अफ वीरगन्जका पुर्व अध्यक्ष लियो रिसभराज अग्रवालले बताए ।


उनका अनुसार गत बैशाख १६ बाट लगाईएको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर खाने गरीब तथा विपन्न परिवारलाई समस्या देखिएपछि यो अभियान संचालनमा ल्याईएको हो ।
एक महिना सम्म संचालनमा रहने खाना वितरणमा कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेका व्यक्तिलाई पनि खबर गरेमा घरमा पुगेर खाना वितरण गरीने लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो मेराजुल हवारीले बताए ।
खाना वितरणमा लियो क्लब अफ वीरगन्जका जेयाद अंसारी , दिव्या गरी , मुसरफ अंसारी र तुफैर अंसारीले भोलेन्टीयरको रुपमा खटिएर खाना वितरण गर्दै आएका छन ।

सम्वन्धित समाचार :