काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुर पक्ष तट्स्थ बस्यो । नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूले साथ नदिएपछि अोलीले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माअोवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि प्रयास गरे । उनीहरुलाई पनि एमालेका माधव र जसपाका महन्थले साथ नदिएपछि सरकार गठनको विकल्प प्रस्तुत गर्न सकेनन् ।

विपक्षी दलहरूले सरकार गठनको प्रक्रिया अघि बढाइरहेको समयमा जसपाका अध्यक्ष महन्थले पार्टीका अधिकांश सांसद्लाई लिएर भक्तपूरको डोलेश्वर रिसोर्टमा बसेका थिए । उनीहरुलाई जसपाका उपेन्द्र यादव समूहले प्रभावमा पार्न सक्ने भन्दै केपी अोलीको निर्देशनमा महेश बस्नेतले राखेको अारोप लगाइएको छ ।

विपक्षीले सरकार बनाउन नसक्दा संविधानको धारा ७६  (३) अनुसार प्रधानमन्त्रीमा केपीशर्मा अोली तेस्रोपटक नियुक्त भएका छन् । अोलीले विपक्षीको बहुमत पुग्न नदिन सरकारको खर्चमा जसपाका महन्थ समूहका सांसद्लाई रिसोर्टमा राखेको भन्दै अालोचना भइरहेको छ ।

उक्त रिसोर्टको खर्च पनि सरकारले व्होरेको भन्ने चर्चा भए पनि वास्तविकता भने फरक छ । वास्तवमा त्यहाँ जसपाको अान्तरिक छलफलका लागि राखिएको बताइएको छ । अन्त कोरोना महामारीका जोखिम हुनसक्ने भन्दै त्यहाँ राखिएको हो ।

उक्त रिसोर्टको खर्च पनि जसपाका अध्यक्ष ठाकुरले नै तिरेका हुन् । उक्त रिसोर्टको खर्च जसपाका अध्यक्ष  महन्थ ठाकुरका स्वकीय सचीवले तिरेको पाइएको हो ।

mahantha.jpeg
mahantha.jpeg

सम्वन्धित समाचार :