लहान । सिरहा दरहियामा प्रहरी र स्थानीय बिच झडप । हरकट्टीका प्रहरीमाथि मदिरा तस्करीको आरोप, सिरहाको औरही गाउँपालिका १ मा पर्ने सिमावर्ती गाउँ दरहियामा स्थानीयले मदिरा ओसार्न लागेको गाडी तोडफोड गरेका छन् ।
सोमवार राति करिब ९ बजे मदिरा लोड गरिएको प्र २–०१–००१च ०२३४ नम्वरको गाडी नियन्त्रणमा लिएर स्थानीय युवाहरुले तोडफोड गरेका हुन् । मदिरा भारत तस्करी गर्न लागेको युवाहरुको आरोप छ । झडपमा परेर सुदिप कामत घाइते भएको छन ।कामतको टाउको ३ ओटा टाक्का लगेका छन।
घटनाबारे थाहा पाएलगत्तै जिल्लाबाट पुगेको टोलीले मदिरासहित गाडी नियन्त्रणमा लिएको बुझिएको छ । स्थानीयका अनुसार मदिरा भारत तस्करी गराउन गाडीसँगै प्रहरी चौकी हरकट्टीका इन्चार्ज बिजय सिंह पनि पुगेका थिए । वडा नम्बर १ का अध्यक्ष सुरैतलाल ठाकुर भने मलाई जानकारी नदिई राति राति प्रहरीले मदिरा कहा लगन खोजेको थयो मलाई थाहा छैन ।
तर सिरहाका एसपी हिराबहादुर पाण्डे भन्छन्, मलाई केही जानकारी छैन म नयाँ छु ।डिएसपी सालिग्रम सर्मा भने ‘मदिरा तस्करी गर्न लागेको नभएर एक ठाउँबाट अर्को ठाउँमा ओसार्न लागेको थियो । तर स्थानीय केहि व्यक्तिले अर्थको अनर्थ लगाएर प्रहरीलाई पनि दुव्र्यवहार गर्यो ।’
उनका अनुसार केहिदिन अगाडी त्यहाँ एकजनाको हत्या भएको थियो । घटनामा संलग्नहरु जेल पुग्यो । ति व्यक्तिको गाउँमा मदिरा पसल थियो । घटनापछि अर्को ठाउँमा सार्न खोज्दा तस्करीको आरोप लगाएर समस्यामा पार्ने प्रयास गरिएको छ ।