Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन तीव्र

न्युजडेस्क न्युजडेस्क
२४ बैशाख २०७८, शुक्रबार
सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलन तीव्र
35
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले प्रधामन्त्रीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा सांसद र पार्टीका कार्यकारिणी सदस्यहरुको हस्ताक्षर संकलनलाई तीव्रता दिएको छ।
संसदीय दल र पार्टीमा बहुमत पुर्‍याउन ठाकुर पक्षले अन्तिम प्रयास थालेको हो।केही सांसद र केन्द्रीय सदस्यलाई सहमत गराउन सकेमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने तयारीसम्म थालेको ठाकुरनिकट एक नेता बताउँछन्।

वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीभित्र बहुमतको खेल सुरु भएका कारण गम्भीर स्थिति आएकाे बताए।‘लुम्बिनीमा पार्टीका ४ सांसदलाई बहुमतले कारबाही गरेको भनिएको छ,’ उनले भने ‘पार्टीको बैठक नै बसेको छैन कसरी बहुमत र अल्पमत हुन्छ?’ पार्टीभित्र सुरु गरिएको वहुमतको खेलले यादव र भट्टराई नै पार्टीमा नरहने अवस्था आउन सक्ने ठाकुरनिकट एक नेताले बताए।‘हामीले हस्ताक्षर संकलन गरिरहेका छौं। सहज अवस्था बनेमा यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने अवस्था आउन सक्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘संसदीय दल र पार्टीको कार्यकारिणी समितिमा यसको तयारी भइरहेको छ।’

लुम्बिनी प्रदेशमा पार्टी निर्णयविपरित सरकारमा सहभागी बनेका चार सांसदलाई यादव र भट्टराई पक्षले बहुमतका आधारमा कारबाही गरेको थियो।यादव–भट्टराई पक्षले पार्टीको कार्यकारिणी बैठक बोलाउन वैशाख १४ गते शीर्ष नेताहरुसँग छलफल गरे पनि ठकुर पक्ष त्यसमा सहमत भएको थिएन। सोही दिन यादव–भट्टराई पक्षको अर्को बैठक बसेको थियो। त्यसै दिन लुम्बिनी प्रदेशमा मन्त्री बनेका चार सांसदलाई कारबाही गरिएको हो।ठाकुर पक्ष सो कारबाहीको विरुद्धमा निर्वाचन आयोग पुगेको छ। शुक्रबार ठाकुरले निर्वाचन आयोगमा पठाएको पत्रमा पुस ७ यता कार्यकारिणी समितिको कुनै पनि बैठक नबसेको दाबी गरिएको छ।

सरकार हटाउने वा उसलाई साथ दिने भन्ने विषयमा चरम विवाद रहेको जसपाभित्र ठाकुर पक्ष प्रधानमन्त्री ओलीप्रति नरम छ भने अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकार विस्थापन गर्नुपर्ने पक्षमा छन्।जसपाको ५१ सदस्यीय कार्यकारिणी परिषद् छ। जसमा यादव–भट्टराईको बहुमत छ। उनीहरुको पक्षमा २७ जना सदस्यहरु छन् भने ठाकुरकाे साथमा २४ जना छन्।संसदमा जसपाका ३४ सांसदमध्ये दुईजना निलम्बनमा छन्। कायम रहेका ३२ मध्ये १२ सांसद महन्थका पक्षमा खुलेका छन्।जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डे पार्टी विभाजनको संघारमा पुगेको बताउँछन्।पार्टीभित्र संसद र कार्यकारिणी सदस्यलाई आफ्नो पक्षमा पार्न अस्वस्थ खेल भएको उनले बताए।

भट्टराईनिकट पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी सकभर फुट रोक्न प्रयासरत् त छौं तर हिजो बेलुकादेखि देशी-विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन्।’महन्थ पक्षले केहि कदम चाल्न लागेको संकेत गर्दै आफूनिकट सांसद र कार्यकारिणी सदस्यलाई काठमाडौं नछोड्नसमेत भनेको छ।
२०७७ वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन गर्न सहज हुनेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएपछि तत्कालीन राजपा र समाजवादीबीच वैशाख १० गते मध्यराति पार्टी एकता भएको थियो।
सोही पार्टी अहिले ओलीको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमै विभाजित रहँदा फूटको अवस्थामा पुगेको छ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२४ बैशाख २०७८, शुक्रबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२४ बैशाख २०७८, शुक्रबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२४ बैशाख २०७८, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२४ बैशाख २०७८, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२४ बैशाख २०७८, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२४ बैशाख २०७८, शुक्रबार
Next Post
चिनले आफ्नो एपमा प्रतिबन्धको बदला लिनका कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाए खुलासा

चिनले आफ्नो एपमा प्रतिबन्धको बदला लिनका कोरोनाको नयाँ भेरियन्ट भारतमा फैलाए खुलासा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

9 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी