वीरगन्ज,२१ बैशाख /
कोभिड १९ को दोस्रो लहरले विकराल अवस्था बनेको पर्सामा सम्बन्धित निकायको ढिलासुस्तीले समस्या उत्पन्न भएको छ । खुल्ला सिमानाका , भारतीय बजारले र प्रवेशद्वार सहुत ठुलो नाका भएकोले कोरोनाको केन्द्र बनेको पर्सामा अहिलेसम्म माथिलो निकायको ध्यान नपुग्नु आफैमा ठुलो चुनौती हो।
डाक्टर संजय ठाकुर आएदेखी नै विवादले गर्दा कुनैपनी स्वास्थकर्मी संग समन्वय गर्न सकेका छैन्न। आफ्नै हटका कारण कुनै पनि चिकित्सक संग संक्रमित व्यवस्थापन बारे सल्लाह सुझाव नलिएको चिकित्सकहरुले बताएका छन ।
सरकारले ६ महिना अगाडी पठाएको सुरक्षा भता हाल सम्म पनि वितरण नगरिएको कारण वर्तमान अवस्थामा कर्मचारीहरूलाई परिचालन गर्न कठिनाई भोग्नु परिरहेको छ ।
नियमतह सरकारले दिएको जिम्मेदारी पुरा गर्न खटाएको ठाउमा समय दिनुपर्छ तर दैनिक घन्टौ घण्टा कार्यालयमा नहुने र आफ्नो अनलाईन मन्याजमेन्टको पढाइमा व्यस्त हुने गरेको कारण कोरोना व्यवस्थापनमा ध्यान दिन नसकेको चिकित्सक स्रोत बताउछ ।
नेपाल सरकारको मापदण्ड अनुसार कोरोनाका बिरामीको लागी तयार न हुनू (जष्नज मभउभलमभअथ गलष्त खटिएका स्वास्थकर्मी लाई उचित खाजा खाना र बस्ने व्यवस्था गर्नु पर्नेमा सहज उपलब्ध नभएको भित्रका खटिएको एक कर्मचारीले जानकारी दिए ।
मेसुको स्वार्थ ः नासुको सरुवा हुदा मन्त्रालय गएर सरुवा रोका गराई अर्काे दरबन्दीलाई रोकेको र यस्तो महामारीमा आफूले बहन गर्नुपर्ने जिम्मेवारी अरूमाथी लादेर आफैं कानमा तेल हालेर बसेको डाक्टरहरू गुनासो गरेका छन ।
पहिलो कोरोना संकटमा महत्वपूर्ण भूमिका खेलेका डा.उदय नारायण सिंह ,डा.वीरेन्द्र प्रधान ,डा निरज सिंह, डा.जे.पी जेशवाल दक्ष र अनुभवी , चिकत्सक स्वास्थकर्मीलाई निजी स्वार्थको लागी जिम्मेवारी न दिई विवादित तथा कोरोनामा अनुभव नभएका डाक्टरहरूलाइ खटाएकोले व्यवस्थापनमा समस्या उत्पन्न भएको सर्वसधारणको बुझाई रहेको छ ।