वीरगन्ज,१३ बैशाख /
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले ठाकुर राम बहुमुखी क्याम्पसको ईकाइ संयोजकमा अभिषेक राज ठाकुर चयन गरेको छ । अनेरास्ववियू क्रान्तिकारीको आज भएको जिल्ला भेलाले ठाकुरलाई संयोजकमा चयन गरेको हो ।
विगत लामो समयदेखी खाली रहेको उक्त पदमा अनेरास्ववियू क्रान्तिकारी जिल्ला सचिवालय सदस्य ठाकुरलाई चयन गरीएको अनेरास्ववियू क्रान्तिकारी पर्साले जनाएको छ ।
जिल्ला भेलामा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव एवं प्रदेश २ का संयोजक सुर्य नारायण साह , नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य रादरश कुशवाहा ,नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष विजय महतो ,जिल्ला कमिटी सदस्य प्रभु यादव ,अनेरास्ववीयू क्रान्तिकारीका प्रदेश २ का सहसंयोजक प्रभाकर गुप्ता ,पुजन सिंह लगायतकाको सहभागीता रहेको थियो ।

सम्वन्धित समाचार :