लहान ।

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा रामनौमिको अवसरमा कुस्ती (पहलवानी) भइरहेको छ । वडा नम्बर १ का अध्यक्ष गोपेन्द्र कुमार यादबले शुक्रबार दुई पहलवानको हात मिलाएर कुस्तीको उद्घाटन गरे । उद्घाटन समारोहमा गौरिपुरको अगुवा नेता, शिक्षक, समाजसेवी ,महिला , विद्यार्थी लगायतको उपस्थिति थियो । उद्घाटन पछि रोमान्चक कुस्ती सुरु भयो ।

शुक्रबार केहिबेर कुस्ती भएर सक्यो ।सनिवार फेरी कुस्तीमा नवलपरासीको महिला पहलवान,गोरखपुरको ज्योति पहलवान,वसन्त थापा ,लक्की थापा ,रुदल पहलवान,कानपुरको अबदुल्ला समेत सहभागी हुने आयोजक वताएका छन । कुस्तीमा सहभागीका लागि नेपाल र भारतका दर्जनौं पहलवान आएका छन् । कुस्ती हेर्न गाउँ गाउँबाट हजारौं मानिस आएका छन्। मेलामा संस्कृति प्रोग्राम , झुला समेत रहेको आयोजक जानकारी दिए ।

सम्वन्धित समाचार :