वीरगन्ज,६ बैशाख /
नेकपा एमाले माधव नेपाल समुहको भातृसंगठन अनेरास्ववियुको केन्द्रिय कमिटि आज बिस्तार भएको छ । गएको चैत १० मा भएको राष्ट्रिय भेलाको निर्णयलाई अनुमोदित गर्दै अनेरास्ववियुकोे केन्द्रिय कमिटि बिस्तार भएको हो ।
उतm समुहका बाराका एकजना स्थायी कमिटी सदस्यमा मनोनित भएका छन । भने केन्द्रिय कमिटिमा बाराका ३ जना र पर्साका १ जना मनोनित भएका छन ।
अनेरास्ववियु स्थायी कमिटी सदस्यमा बाराका इमरान आलम मनोनित भएका छन । यस्तै बाराका अनेरास्ववियु केन्द्रिय सदस्यमा राजेश गुप्ता, मुकेश पासवान र सतेन्द्र यादव मनोनित भएका हुन । भने पर्साका अनेरास्ववियुका केन्द्रिय सदस्यमा रामबाबु यादव मनोनित भएका छन ।
© 2024: Sima Post | All right reserved | Privacy Policy