काठमाडौं । देशमा जारी राजनीतिक गतिरोधका बिच विभिन्न जातीय संगठनहरुको बिरोध सभा , र्‍याली , जनजागरण अभियान शुरु गर्दै आएका छन । पीडित पक्षले देशमा अहिले दलित,थारु जनजातीहरुले आफ्नो अधिकार् दिने स्थानमा सरकारले उल्टो कार्यवाही प्रक्रिया शुरु गरेको प्रती घोर भत्सर्ना गर्दै आन्दोलनरत पक्षले कडा संघर्स गर्ने तयारीमा लागेका बताएको छ । अहिले विभिन्न जिल्लामा थरुहट थारुवान जनसभा – २०७८ भन्दै तेस्रो चरणको अभियान थालेको छ । तेस्रो चरणको आन्दोलन अन्तर्गत बैशाख १६ गते चितवन ,रुपन्देही , परासी बजार जनसभाको तयारी गरेको छ । बैशाख १७ गते कपिलवस्तुको चन्द्रोटा बजारमा जनसभाको हुने ।

बैशाख १८ गते दाङको तुल्सिपुरमा र बैशाख १९ गते सुरखेत , बाके , बर्दियाको राजापुरमा आमसभा गरिने सयुक्त भेला गर्ने आयोजकले जनाएको छ । साथै तेस्रो चरणको अन्तिम आमसभा बैशाख २० गते कैलाली र कंचनपुरको सयुक्त जनसभा बेलौरी बजार गर्दै समापन हुने छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा हुने उक्त जनसभामा सासद रेशम चौधरी , लक्ष्मण थारु लगाएतको नेताहरु प्रती नेपाल सरकारले गरेको दोहोरो मापदण्डलाई अस्वीकार गर्दै नेपाल सरकारलाई झुक्न बाध्य पारिने नेपाल सरकारले मन्त्री परिषदबाट उक्त निर्णय फिर्ता गर्न बाध्य बनाईने छ । अहिले थारुवानका नेता , मधेसीवादी दल जसपाका नेताहरु जसरी थारु नेताहरुलाई फसाउने सडयन्त्र भएको छ त्यो निस्संदेह थारु जातीलाई निरोत्साहित बनाउने खेल भएको हो । देशमा पटक- पटक कुरा उठदै आएको छ कि माओवादीहरुले गरेको द्वन्द्व कालको हत्या राजनितीक हत्या हो भने न सोचेको जुन घटना कैलालीमा घटयो त्यो के आफ्नो अधिकारका लागि थारु जातीलाई लडने अधिकार छैन । हामीले कसैको हत्या गरेको हैन आन्दोलनलाई चर्किदा भिडलाई कसैले रोक्ने सक्दैन त्यो आन्दोलन आफै घटना घटीत भएको हो । आज थारुहरु जिमिदार थिए उनिहरुको जन जङ्ल , जमिल , कब्जा गरि थारुहरुलाई बधुवा मजदुर बनाईयो । उनका बालबालिकालाई कमैया बनाईयो के यहि न्याय हो । हामी आफ्नो अधिकारका लागि जनसभा गर्दै छौ हामीलाई न्याय चाहिएको हो भन्दै यो जनसभामा शोसित पीडित अन्यायमा परेका सबैलाई सहभागिताको आयोजकले अनुरोध गर्दछ ।

सम्वन्धित समाचार :