वीरगन्ज,२७ चैत /
वीरगन्जका पत्रकार महेश दास प्रवल जनसेवा श्री चतुर्थ मानपदवी पुरस्कारले आज सम्मानित भएका छन । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पत्रकार दास सम्मानित भएका हुन । उनी राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्ति मध्ये परेकाले राष्ट्रपति विधादेवी भण्डारीले सम्मानित गरेकी हुन ।
पत्रकार दास विगत ३ दशक देखी वीरगन्जलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका छन । उनी हाल माउन्टेन टेलिभिजन प्रदेश २ को ब्युरो प्रमुखको रुपमा कार्यरत रहेका छन ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।
गत वर्ष विभूषण समितको सिफारिसमा मानपदवीतर्फ महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट दुई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीबाट सात, उज्जल कीर्तिमय राष्ट्रदीप द्धितीय श्रेणीबाट एक, प्रसिद्ध जनसेवाश्री द्धितीय श्रेणीबाट एक, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट नौ, सुप्रबल जनसेवाश्री तृतीयबाट ११२, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट आठ, प्रबल जनसेवाश्री चतुर्थबाट २००, जनसेवाश्री प्रथमबाट ११०, अलङ्कारतर्फ १५५ र पदकतर्फ २८ गरी ६३३ लाई विभूषित गरिने घोषणा भएको थियो ।
© 2024: Sima Post | All right reserved | Privacy Policy