काठमाडौं । नेपालमा राजनीतिक प्रक्रिया एक महत्वपूर्ण बिन्दुमा पुगेको छ । जहाँ आज लगभग सबै महत्वपूर्ण खेलाडी एक उदास र कमजोर परिस्थितिको सामना गरिरहेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि प्रचण्ड र माधव कुमार नेपालद्वारा प्रदर्शित उत्साहका बावजूद आज परिस्थिति प्रचण्ड र माधव नेपालका लागि जटिल बनेको छ । जस्तो कि उनीहरु भन्दै आएका छन्, नेपाली राजनीतिमा धैर्यता र लचिलोपन सबैभन्दा मूल्यवान सम्पत्ति हो । तर सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी ओलीका तथाकथित प्रतिद्वन्द्विहरुको फाइदाका लागि स्थिति परिवर्तन हुनेछ र प्रधानमन्त्री ओलीलाई हटाउन सकिनेछ भन्ने आकलन पछिल्लो घटनाक्रमबाट स्पष्ट रूपमा गलत सावित भएको छ ।
विडम्बना यो हो कि आज नेपाली राजनीतिका लगभग सबै ठूला नामहरु प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव र मुख्य रूपमा रामचन्द्र पौडेल नेतृत्वको नेपाली कांग्रेस अति कुण्ठित नेताहरुको समूह वस्तुतः अस्तित्व जोगाउनका लागि संघर्षरत छ । अर्कोतिर प्रधानमन्त्री ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले उनीहरुका प्राथमिकतालाई सावधानीपूर्वक गणना गरेका छन् भने विभिन्न विकल्पका लागि अन्य नेताहरु जसरी गिरेका छैनन् ।
पछिल्लो परिस्थितिले पनि मानिसहरूलाई यस तथ्यबाट सचेत गराएको छ कि राजनीतिक अचेतता वा चतुर व्यक्तिहरू मात्र यस कठिन अवस्थामा बाँच्न सक्छन् । यो तथ्यलाई कोही पनि अस्वीकार गर्न सक्दैन कि २०१८ मा प्रचण्डले एमालेसँग एकीकरण गरेर सबैभन्दा ठूलो गल्ती गरे । जब कि उनसँग अहिले जस्तै गठबन्धान बनाउने विकल्प थियो । त्यो बेला उनको अपेक्षा एकदमै अधिक थियो । उनी शायद नेकपामा उक्त अपेक्षालाई अझै ठूलो बनाउनका लागि आश्वस्त थिए । उनले अहिले आएर महसुस गरे कि नेपाली राजनीतिमा सपना र आकांक्षा एक मृगतृष्णा हो । अध्यक्ष र प्रधानमन्त्री पद आधा/आधा बाड्ने इमान्दार सहमति गरेको कुरालाई जबरजस्ती अगाडि बढाउन खोज्नु प्रचण्डको दोस्रो गल्ती थियो । उनी सायद यो सोचिरहेका थिए कि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको रूपमा निरन्तरता दिएर उनी ठूलो मन भएको र उदार भइरहेका थिए । र कुनै ठूलो कुराले पुरस्कृत हुनेछन् । खैर, यसको विपरीत भएको छ । तेस्रो गल्ती उनले सन् २०२० को मध्यमा प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक सबै तयारी भएर आएको अविश्वासको प्रस्ताव रोक्ने मौका दिएर गरे ।
यी सबै परिणामस्वरूप प्रचण्डले वर्तमान कठिन परिस्थितिको सामना गरिरहेका छन् । वर्तमान संकटबाट आफूलाई बचाउनका लागि अब उनी हताश छन् कि उनलाई वास्तवमा अरुको समर्थन आवश्यकता छ जसलाई उनले पहिले वेवास्ता गरेका थिए । यद्यपि अन्य दलहरू र नेताहरूले पनि बुझेका छन् कि जसले आफ्नै असफलता र कमजोरीका कारण सबै थोक गुमाउनुपर्योय भने त्यस्तो व्यक्तिलाई समर्थन गर्दा उनीहरूले पनि आफू कठिन अवस्थामा पुग्न सक्छन् ।
जहाँसम्म माधव नेपालको कुरा छ, उनले पनि प्रधानमन्त्री ओलीले नेकपालाई तोड्न सर्वोच्च अदालतको दोस्रो फैसला (कट्टेल मुद्दा) उपयोग गर्ने सम्भावनालाई बुझ्नुपर्थ्यो । आकलन गर्नुपर्थ्यो । धेरै विश्लेषकहरूले यसको अनुमान गरेका थिए । तर हाम्रा वरिष्ठ राजनीतिज्ञहरू आश्चर्यचकित भए जस्तो देखिन्छ। आज माधव नेपाल आफूलाई शैतान र गहिरो समुद्रको बिचमा फसेको महसुस गर्छन् ।
नेपाली कांग्रेसमा रामचन्द्र पौडेल हरेक समय पर्दा पछाडिको मञ्चको अभिनेता बनिरहेका छन् । किनकि ३ वर्षदेखि कांग्रेस नेताहरुको बिचमा शक्ति जुटाउन असफल रहे भने सभापति शेरबहादुर देउवाको कडा विरोध गर्न पनि सकेनन् । तथ्य यो हो कि पार्टीभित्र देउबाविरुद्ध अभिनय गर्ने कैयौ मञ्चहरुमा उनी कांग्रेसको निर्विवाद नेता बन्न सफल रहे । तर पनि धरातलमा आफ्नो बलियो स्थिति र पौडेल तथा अन्य पार्टीका नेताहरुको कमजोर पकडलाई संकेत गर्दछ । यदि देउवाको साँच्चिकै विरोध भयो भन्ने अवधारणालाई हेर्ने हो भने यो तीन वर्षमा देउवा विरोधी खेमा एकजुट भएर देउवाविरुद्ध उभिन किन असफल भयो ?
कांग्रेसमा अहिले यस्तो अवस्था छ कि जब लड़ाई हार्नेहरु सबै एक ठाउँमा आएका छन् र देउबाविरुद्ध पार्टीभित्र दबाव बढाएका छन् । यसबाट यो पनि थाहा हुन्छ कि देउवाविरुद्ध आन्तरिक प्रतिरोध निकै कमजोर र अप्रासंगिक छ । किनकि उनीहरुलाई देउवालाई चुनौती दिन माओवादी र जसपाको आवश्यकता छ । प्रचण्डको समर्थन र राष्ट्रपति बनाउने वाचाको कारणले मात्र पौडेल र उनको समूह देउवालाई पार्टीबाट पछार्न जागेको छ । देउवाविरुद्ध रहेका कांग्रेस नेताहरुको यो फेरि एक भयानक सानो, क्षणिक दृष्टि हो । यदि उनीहरूमा आत्मविश्वास थियो भने उनीहरूले आफ्नै बलमा लडाई लड्नुपर्थ्यो न कि अन्य कुनै पार्टी (प्रचण्ड) को समर्थनमा ।
वर्तमान अवस्थामा, गुमाउने र असफल हुने प्रवृत्तिमा रहेका अधिकांश नेताहरूसँग, रणनीति र अंकगणितमा बलियो र सफल नेताहरूलाई स्पष्ट रूपमा कमजोरबाट छुट्याउन सकिन्छ । प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउबा दुबैले आफ्नो कार्डहरू राम्रोसँग खेलेका छन् र आफैंलाई सुरक्षित राखेका छन् । दुबैको बुझाइ छ कि अन्तिममा राष्ट्रिय राजनीतिमा अहिले देखिएको अन्यौल परिस्थितिको समाधान मध्यावधि चुनावका माध्यमबाट हुन सक्छ र त्यो दिशामा अगाडि बढ्नका लागि इच्छुक छन् । तुलनात्मक रुपमा प्रचण्ड, माधव नेपाल र पौडेलले माओवादी, जसपा र कांग्रेसबिच गठबन्धन सरकार गठन गर्ने योजना जटिल छ र टर्दै गएको छ ।
संसदीय राजनीतिमा कमजोर प्रचण्ड, लगभग विभाजित जसपा र कांग्रेसमा नेताहरुबिच कडा मतभेदले कहिले पनि यी तीन पक्षबिच सहकार्य सहज छैन । यदि बनिहालेमा पनि यस्तो सरकार ३ महिनाभन्दा पर जान सक्ने छैन । टिक्नै मुश्किल पर्ने छ ।
यी सबै नेताहरूले गठबन्धनको गठनका लागि हरेक सम्भावित रणनीति प्रयोग गरेको देखिन्छ । पौडेलले देउवालाई जसपाका सबै नेताहरूको समर्थन पाउन सक्ने आश्वासन पनि दिएका छन् । उनले देउवालाई रेशम चौधरीको कुनै पनि खालको रिहाई कांग्रेस पार्टीको हितविरुद्ध हुने भनेर सचेत पनि गराएका छन् । अर्थात रेशम चौधरी छुट्न नदिएर प्रधानमन्त्री ओली र जसपा गठबन्धन बन्न नदिने रणनीति प्रचण्डसँग मिलेका पौडेलको छ ।