लाहान नगरपालिका २१ मा पर्ने माधोपुरमा १६ वर्षिय एक नाबालिक किशोरीमाथि यौन दुर्ववहार भएको छ । गाउँको पुर्व रहेको डिहवार थान नजिक रहेको पोखरीमा उनी माथि यौन दुर्ववहार भएको हो ।
होली खेलेर पोखरीमा लुगा धुन र नुहाउन गएकी किशोरी सृजना मण्डल (नाम परिवर्तन)माथि त्यहीँको स्थानीय भगवानलाल साहको छोरा २५ वर्षीय कमलेश साहले दुर्ववहार गरेको पिडितले बताईन । घटना पश्चात् समान्य चोटपटक लागेको पीडित साहको उपचार लाहान स्थित जय मातादी क्लिनिकमा भईरहेको खबर प्राप्त भएको छ ।
पीडित पक्षले दोषीमाथि कार्यवाहीको माग गरी ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन मंगलबार गएको खबर छ । यद्यपि जाहेरी दर्ता भई नसकेको पिडित परिवारले डिएम खबर संग भने । प्राप्त जानकारी अनुसार पीडित पक्षलाई गाउँमै मिल्न विभिन्न समाजिक अगुवाहरुको दवाब छ । यसरी दुर्ववहार जस्तो घटना पैसा लेन देन गरी गाउँमै मिलाउनु कतिको न्यायसंगत हो ? गम्भीर विषय बनेको छ ।