प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य गरेका छन । बैठाले समाजिक संजालको माध्यमले अश्लील शब्द प्रयोग गरेका हुन । 

नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेतृको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । 

पीडित दासले हिजो मंगलवार गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दको लागि माफि माग्नुपर्ने बताईन । उनले सार्वजनिक रुपमा माफि नमागे कानुनी प्रक्रिया अगाडि बढाउने समेत बताईन । एउटै पार्टीमा आवद्ध बैठा र दास बिच भएको कुराकानीले पितृसत्तात्मक समाज अझै जिवित गरेको भान हुन्छ । नारीले आखिर आफ्नो स्वाभिमानको लागी कहिले सम्म लडने ? प्रश्न उब्जाएको छ

सम्वन्धित समाचार :