लहान फाल्गुन ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ को स्वास्थ्यचौकीको भवनमा एक कार्यक्रमको बिच१११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका छन ।
कार्यक्रमको विशिष्ट अतिथि जिबछि यादवले भने
धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने हाम्रो नेपाली समाज महिलालाई भने पुरुष समान व्यवहार गर्न सकेको छैन।
शुभ बिहानीसँगै ताजा खबरहरुको संगालोको रुपमा आउने पत्रपत्रिकाहरुले दैनिकजसो महिला हिंसा, विभेद र शोषणका घटना बोकेर आएको हुन्छ। जन्म उत्सवदेखि मृत्यु संस्कारसम्म भेदभाव र अपहेलना गरिन्छ।
हाम्रो समाजले अवलम्बन गर्ने धार्मिक एवं साँस्कृतिक मान्यताले नै महिला र पुरुषलाई असमान गराई विभेद गरेको तितो यथार्थ यो कलिलो मानसपटलमा बसिरहेको छ।
शिक्षिका रेणु यादव ले सामाजिक मुल्य मान्यता र आफ्नै घर–परीवार, आफन्तको व्यवहारले पनि समय–समयमा पटक–पटक छोरी चेली महिलाहरु शोषित, तिरस्कृत, अपहेलित र बली चढदै आइरहेकी छन् । महिला पुरुषको समानताको अधिकार शब्दमा भनिएझैं व्यवहारमा पनि देख्नुपर्छ । तर व्यवहारमा अहिले पनि समाज र परिवारको नियम महिला पुरुषका लागि वेग्ला बेग्लै नै छ । यसका सुरुवात सबभन्दा पहिला आफ्नै घर–परिवार र अभिभावकबाट गर्नुपर्दछ ।
कार्यक्रमको अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष रेखा कुमारी यादवले आजको २१ औँ शताब्दीको यो वैज्ञानिक एवं विश्व भूमण्डलीकरणको युगमा समेत पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्वयवहार एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन् नेपाली महिला।
स्वागत मन्तव्य सुनिता दासले राखेको थियो भने उद्धघोषक नताशा सर्माले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि संतोष कुमार महतो उपस्थित हुन सकेन ।