वीरगन्ज,२४ फागुन /
बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ लिपनीमालमा रहेको केडिया आँखा अस्पतालमा उपचार गराउन आएका एकजना बिरामी ठगिएका छन ।
भारत बिहार बेतीयाका ७० बर्षीय गंगा यादव सोमबार बिहान चेकजाँच गराउने समयमा ठगिएका हुन । अस्पतालमा बिहान ५ बजेदेखी लाईनमा बसेर टिकट कटाएर चेकजाँचका लागी चिकित्सकका कार्यकक्षबाट उनी ठगिएको बताएका छन ।
चिकित्सकले आखाँलाई शल्यक्रिया गर्न बताएपछि रकम बुझाउनका लागी नगदी काउन्टरमा जाने क्रममा चिकित्सकको कार्यकक्षबाट ठगिएको बताएका हुन ।
अस्पताल परिसरमा घुम्ने क्रममा अस्पतालका कर्मचारी बताउने एकजनाले नगद काउन्टरमा रकम बुझाएर चेकजाँच गराईदिने भन्दै नगद २ हजार रकम र पुर्जी लिएर फरार भएको पिडित यादवले बताउनुभयो । बिहानको समयमा अस्पतालका कर्मचारी बताएर नगद रकम र पुर्जी लिएर फरार भएपछि आफु ठगिएपछि बिच्चलीमा परेको बताए ।
अस्पतालमा ठगिएपछि अस्पतालमा उपचार गराउका आएका बिरामीका कुरुवाबाट सहयोग रकम संकलन गरेर घर पठाईएको हो । अस्पताल प्रशासनको लापरवाहीका कारण अस्पतालमा दिनमै बिरामी ठग्ने क्रम बढेकाले बिरामीहरुमा त्रास पैदा भएको छ । अस्पतालमा कर्मचारी बताउने समुहले दैनिक रुपमा सोझा सोझा बिरामीलाई ठग्ने गरेका कारण अस्पतालले यसप्रति चाँसो नदेखाएको बिरामीहरुको आरोप छ ।
चोरीका घटना न्युनिकरणका लागी सिसिटिभी चेकजाँच गरेपनि रकम लिएर फरार भएका नपाएको केडिया आखाँ अस्पताल प्रशासन शाखाका प्रकाश वर्माले बताए । अस्पतालमा दिनमा एक हजार भन्दा बढि बिरामी आउने भएकाले सबैलाई पहिचान गर्न समस्या भएकाले बिरामीहरुलाई सर्तकता अपनाउन आग्रह गरे ।

सम्वन्धित समाचार :