एजेन्सीहरुबाट । अमेरिकीका विदेशमन्त्री एन्टोनी ब्लिन्केनका अनुसार अहिले चीनले अन्तर्राष्ट्रिय प्रणाली दुरुपयोग गरी रहेको आरोप लगाएका छन् । एन्टोनीले भनेका छन आफ्नो चिनियाँ समकक्षीसँगको पहिलो संवादका क्रममा चीनले सिन्जियाङ, हङकङ र तिब्बतमा मानवअधिकार उल्लंघनको मुद्दा उठाएका ।
अहिले चीनमा बिभिन्न प्रान्तहरुमा मानव अधिकारको उल्लंघर भईरहेको कुरा बिश्व ब्यापी जग जाहिर भएको छ । चीनमा उइगर मुस्लिमहरु माथी झन मानवअधिकार उल्लंघन भएको बीबीसी लगाएत संचारहरुमा समाचार प्रकाशित हुदै आएको छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका सिन्जाङमा, तिब्बत र हङकङ लगायतका क्षेत्रमा भएका मानवअधिकार उल्लंघनको विपक्षमा उभिने र प्रजातान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन अडान जारी रहने बताएका छन् ।
सैन्य कूको विरोध गर्दै निर्वाचित सरकार फिर्ताका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने सामूहिक निन्दाको पक्षमा आउनसमेत चीनलाई आग्रह गरेका छन् । यी घटनाहरुलाई स्मरण गराउँदै विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले आफ्ना साझेदार मुलुकहरु र साझेदारहरुसँग मिलेर आफ्नो साझा मूल्य र हितको रक्षा गर्न चीनलाई उत्तरदायी बनाउनको लागि ताइवान सामुद्रिक पार लगायत भारत(प्रशान्तमा स्थिरता खतरामा पार्ने प्रयासको लागि जिम्मेवार ठहर्याउने बताएका हुन् ।
हालैका वर्षहरूमा चीनले तिब्बतमा गरेको मानवअधिकार उल्लंघनको बारेमा पश्चिमी देशहरूको कडा आलोचना गरेका छन् र सिन्जियाङमा उइगर र अल्पसंख्यक मुस्लिममाथि भएको ुनरसंहार को चर्को विरोध गरेका भएको छ । यस्ता घटना रोक्नसमेत चीनलाई आग्रह गरिएको छ ।
त्यसैगरि हङकङमा प्रजातन्त्रको पक्षमा विरोध प्रदर्शनहरु बढ्दै गएपछि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन जारी गर्दै सरकार विरोधीहरुलाई नियन्त्रणमा लिने र जेलमा राख्ने क्रमलाई तिव्रता दिएको छ ।
उनले नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीको अवमूल्यन नगर्नसमेत चेतावनी दिएका छन् । चीनले लगभग १।३ मिलियन वर्ग माइल दक्षिण चीन सागरलाई आफ्नो सार्वभौम क्षेत्रको रूपमा दावी गरेको छ ।