लहान फाल्गुन१५ ।सिरहाको सुखिपुर नगरपालिका रजै जनकलाल माध्यमिक विद्यालय बल्हि प्राङ्गणमा मंगलबार असमान नेपाल द्वरा संचालित निबन्ध,वक्तृत्वकला र लोक गित नृत्य समपन्न भएका छन ।बरियारपट्टी पालिकाको छ ओटा विद्यालयहरू सहभागी भएका थिए ।
प्रतियोगितामा प्रथम हुने जनता माध्यमिक विद्यालयका छात्रा आरति कुमारी यादबले लिंगमा आधारित हिंसा महिला र पुरुषबीच असमान शक्ति र सम्बन्धको परिमाणस्वरूप सिर्जित आपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लंघन पनि हो । लैंगिक हिंसा अन्तर्राष्ट्रिय समुदायको सरोकारको विषय पनि हो । यो महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध हो । लैंगिक हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ भने वताईन ।
कार्यक्रममा द्वतीय हुने राम जानकी माध्यमिक विद्यालय छजनाको छात्रा गरिमा पुष्पले खासगरी, पितृसत्तात्मक सोच र समाजले महिलालाई पुरुषको समकक्षी नभई तल्लो तहको वा कमजोर वर्ग मान्ने सामन्ती सोच र मनोविज्ञानबाट निर्धारण गरिदिएको छ । परिणामतः हिंसा खासगरी पुरुषभन्दा महिलामाथि नै बढी हुने गरेको पाइन्छ । महिलाविरुद्धको भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि सिडलगायत महिलाअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्रले महिलाविरुद्धको हिंसालाई वर्गीकरण गरेको पाइन्छ । तिनले परिवारभित्र हुने शारीरिक, यौनजन्य र मनोवैज्ञानिक हिंसा, समुदायमा हुने हिंसा र राज्यद्वारा हुने हिंसा भनी वर्गीकरण गरेका छन् भन्ने तर्क राखे।
कार्यक्रममा प्रमुख अतिथि सुखिपुर नगरपालिकाको प्रमुख रामऔतार यादवले ,विष्ट अतिथि असमान नेपालको रामरिझन यादव, अमिर यादव,शिक्षक,विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थयो । उक्त कार्यक्रममा प्रथम द्वतीय हुनेलाई असमान नेपाल द्वरा पुरस्कार पनि वितरण गरेको आयोजकले वताए ।