लहान फाल्गुन ।सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ जनता माध्यमिक विद्यालय देउरिपट्टीको प्राङ्गणमा मंगलबार असमान नेपाल द्वरा संचालित निबन्ध,वक्तृत्वकला र लोक गित नृत्य समपन्न भएका छन ।
बरियारपट्टी पालिकाको छ ओटा विद्यालयहरू सहभागी भएका थिए ।प्रतियोगितामा प्रथम हुने जनता माध्यमिक देउरिपट्टका छात्रा सरिता कुमारी यादबले लिंगमा आधारित हिंसा महिला र पुरुषबीच असमान शक्ति र सम्बन्धको परिमाणस्वरूप सिर्जित आपराधिक कृत्य मात्र नभई मानवअधिकारको घोर उल्लंघन पनि हो । लैंगिक हिंसा अन्तर्राष्ट्रिय समुदायको सरोकारको विषय पनि हो । यो महिला वा पुरुष दुवैमाथि घट्न सक्ने अपराध हो । लैंगिक हिंसा पुरुषविरुद्ध पनि हुन सक्छ भने वताईन ।
कार्यक्रममा द्वतीय हुने जनता माध्यमिक विद्यालय जिझौल कजराका छात्र विवेक कुमार यादवले खासगरी, पितृसत्तात्मक सोच र समाजले महिलालाई पुरुषको समकक्षी नभई तल्लो तहको वा कमजोर वर्ग मान्ने सामन्ती सोच र मनोविज्ञानबाट निर्धारण गरिदिएको छ । परिणामतः हिंसा खासगरी पुरुषभन्दा महिलामाथि नै बढी हुने गरेको पाइन्छ । महिलाविरुद्धको भेदभाव उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि सिडलगायत महिलाअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्रले महिलाविरुद्धको हिंसालाई वर्गीकरण गरेको पाइन्छ । तिनले परिवारभित्र हुने शारीरिक, यौनजन्य र मनोवैज्ञानिक हिंसा, समुदायमा हुने हिंसा र राज्यद्वारा हुने हिंसा भनी वर्गीकरण गरेका छन् भन्ने तर्क राखे।
निबन्धमा प्रथम हुने जनता माध्यमिक विद्यालय देउरिपट्टीका छात्रा सरिता कुमारी यादवले परिवार समाज र राज्य यी तीन क्षेत्रमा महिला हिंसा हुने गर्छ । पारिवारिक सम्बन्धका आधारमा हुने घरेलु हिंसाअन्तर्गत वैवाहिक बलात्कार, कुटपिट, यौनांग छेदन, एसिड आक्रमण, दाइजोको नाउँमा हुने हिंसा, कुरीति र अन्धविश्वासका आधारमा हुने हिंसा, कमलरी, छउपडी, बोक्सी, बादी, देउकीलगायत विभिन्न कुरीतिजन्य हिंसा पर्छन् । त्यस्तै, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, मानव बेचबिखन, बलात्कार, वेश्यावृत्तिजस्ता हिंसा समुदायमा हुन सक्ने महिलाविरुद्धका हिंसा हुन् । विश्वव्यापीकरणको प्रभावबाट महिलाविरुद्धका हिंसाका स्वरूप र प्रकृति बदलिँदो अवस्थामा छन् । शारीरिक, मानसिक, आर्थिक, राजनीतिक, यौनशोषण, हानि–नोक्सानी, धम्की, जाल, प्रपञ्च, छलछाम, धोकाधडीजस्ता कार्य महिला हिंसाका कारक तत्वका रूपमा रहेका शिक्षक शाखा प्रमुख पतासी यादवले जान जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि बरियारपाट्टी गाउँपालिकाको उपाध्यक्ष रेखा यादव,विष्ट अतिथि असमान नेपालको रामरिझन यादव, शिक्षक,विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थयो । उक्त कार्यक्रममा प्रथम द्वतीय हुनेलाई असमान नेपाल द्वरा पुरस्कार पनि वितरण गरेको आयोजकले वताए । अध्यक्षता जनता माध्यमिक देउरीपट्टीको प्रधानाध्यापक उमेर साहले गर्नु भाको थियो।
।