वीरगन्ज,११ फागुन
वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा सडक निर्माणका लागी मापदण्ड विपरीत घर भत्काईएको पाएको छ ।
तत्कालिन समाजवादी पार्टी नेपालबाट निर्वाचित वडाअध्यक्ष ग्यासुदिन मियाँले सडक निर्माणका लागी मापदण्ड विपरीत घर भत्काएका हुन ।
गाँउमा सडक निर्माणका लागी पुर्व जानकारी बिना नै मापदण्ड विपरीत घर भत्काएको स्थानीयबासीले बताएका छन ।
वडाअध्यक्ष मियाँले सडक निर्माणका लागी आफ्नो पार्टीका व्यक्तिको घर नभत्काएर अन्य पार्टीको व्यक्तिको घरमा डोजर लगाएको स्थानीयबासीले गुनासो गरेका छन ।
गाँउको बिकाशको स्थानीयहरु बाधक नभएपनि जबरजस्ती सडक निर्माणको समयमा वडाअध्यक्षले राजनितिक प्रतिशोध अनुसार घर भत्काएको मनियारीका स्थानीय शिवचन्द्र यादवले बताउनुभयो ।
वडाअध्यक्ष भन्दा फरक पार्टी भएकै कारण वरिपरी सडकमा परेको घरलाई छाडेर पहिलो नम्बरमा मेरो घरलाई नै भत्काएको उहाँले आरोप लगाउनुभयो ।
सडक निर्माणका लागी वडाअध्यक्षका कार्यकर्ताको घर सडकमा परेपनि उनीहरुको नभत्काएर फरक पार्टीको घर भत्काएर दुख दिएको यादवको दुखेसो छ ।
© 2024: Sima Post | All right reserved | Privacy Policy