नवराजपुर गाउँपालीकाले मनमानी ढङ्गले खरिद गरेको चापा कल र त्रिपाल आफन्त र नजीककाहरुलाई बाटेका छन् ।
गत ०७५÷७६ आर्थिक वर्षको बजेटबाट असार मसान्तमा खरिद गरिएको चापा कल तथा त्रिपाल अहिले आफ्नो आफन्तलाई वितरण गरेको हो ।
वडा सदस्य बैजनाथ यादवले आफूले गाउँ पालीका अध्यक्षसँग मागेर ल्याएको भन्दै माग्न आउनेलाई दिनेगरेको बताए । उनलेभने, ‘मैले गाउँ पालीका अध्यक्षसँग मागेर ल्याएको हो, मसँग जो–जो माग्न आउँछ उनीहरुलाई दिने हो, जो माग्न आउँदैन उसलाई घरमा पुर्याउन जाने कुरापनि भएन ।’
उनले अध्यक्षले कसैलाई भेदभाव नगरी दिनुभन्नुभएको भन्दै आफूसँग माग्न आउनेलाई एउटा कागज (भर्पाइ) मा सहि गराएर दिनेगरेको बताए । स्थानीय गंगा यादवले स्थानीयसँग कुनै छलफल नगरी नै सामान ल्याएर घरमा थन्क्याएको बताए ।
उनलेभने, ‘यो सामाग्री किन ल्याएको भन्ने नै कसैलाई थाहा छैन, कुनै उपभोक्ता समिती पनि गठन गरेको छैन त्यसै सामान ल्याएर थन्याएर राखेको छ ।’
स्थानीय अजय कुमार यादव, देवनाथ यादव गतवर्षको वषाले डुवानमा पर्दा घर भत्केपनि अहिलेसम्म केही पाएको छैन । वर्षाको टाइममा घरढलेकाहरुले अझै सम्म कुनै राहत नपाएको गुनासो गरेको छ । तर, वडा सदस्यले भने आफ्नो आफन्तलाई त्रिपाल र कल बाढेको छ ।
यता वडा अध्यक्ष मनोज यादव ले भने गत आर्थिक वर्षकै योजनाबाट सामान खरिद गरेको बताएको छ । उनले ०७५÷७६ कै योजनाबाट खरिद गरी अहिले वितरण गरिएको बताए । उनले पहिले नै खरिद गरेकाले अहिले आवश्यकता अनुसार वितरण गरेको बताए ।
गाउँ पालीकाका प्रमुख प्रशासकिय अधिकृत ….. ले पनि सामाग्रि खरिद र वितरण कुन योजना र प्रकृयाबाट भईरहेको भन्ने विषयमा अनभिज्ञता प्रकट गरे ।