लहान फाल्गुन ।
ठुलो जुलुसले हुदै अदालतको फैसला सम्मान हुन्छ
डाक्टर प्रकाश सरण महतले बताए ।कांग्रेसले सोमबार सिरहाको धनगढी बजारमा गरेको विरोध सभामा महतले ओली र प्रचण्डलाई जुलुस निकालेर अदालतलाई यसो गर भन्नुभन्दा राम्रो वकिल राख्न सुझाब दिए । ‘संसद विघटनको मुद्दा अदालतमा छ, अदालतले जसको ठूलो जुलुस हुन्छ, उसको पक्षमा फैसला गर्ने होइन, जुलुस निकालेर यो गर, त्यो गर भन्नु गलत छ,’ महतले भने, ‘माओवादीको ठूलो जुलुस हुन्छ कि ओलीको ठूलो जुलुस हुन्छ ? अदालतले त्यो हेर्दैन । त्यस्तो भए त अदालत नै किन चाहियो । जसको जुलुस ठूलो हुन्छ, उसले भनेको माने भइगो ।’
महतले अदालतलाई जुलुसबाट कराएर भन्नुभन्दा राम्रा वकिल राखेर बहस गर्न ओली र प्रचण्डलाई सुझाब दिए । उनले विचाराधीन मुद्दामा कांग्रेसले जुलुस निकालेर यो गर वा त्यो गर भनेर नभन्ने दोहोऱ्याए । अदालत जुलुसबाट प्रभावित हुन नहुने देउवाको तर्क थियो । ‘अदालतले संसद् पुनर्स्थापना गर्छ भने पनि हामीलाई ठीक छ, चुनावतिर जाऔँ भन्यो भने ठीक छ,’ महतले भने, ‘सबैभन्दा ठूलो भनेको जनता हो । अदालतले जनतामा जाने बाटो देखाइदियो भने पनि हामी जनतामा जान तयार छौँ ।
अहिले नै हामीले यो वा ऊ भन्ने कुरा छैन ।’ देउवाले निर्वाचन आयोगले चुनावको तयारीका लागि अदालतको फैसला कुर्न नपर्ने पनि बताए । त्यस्तै कार्यक्रमको अध्यक्ष नेपाली काङ्ग्रेसको जिल्ला सभापति तथा युवा नेता रामचन्द्र यादवले भने प्रदेशमा मधेस वादीको सरकार छन भने केन्द्रमा नेकपाको सरकार छन तर विकास निर्माणका काम कछुवा गतिमा हुन्छ ।आउदो चुनावमा सिरहामा वहुमत वाट नेपाली काङ्ग्रेस निर्वाचित हुन्छ।
स्वागत मनतव्य युवा नेता सुभाष यादवले राखनु भाको थियो ।