लहान फल्गुण

सिरहाको जिल्ला प्रशासन कार्यालय  २०७७/१०/२८ गते नै जारी गरिएको सुचना सरस्वती पुजाको नाउँमा शुल्क वा चन्दा नअसुल्न आसन्न सरस्वती पुजा- भक्ती भावका साथ विधिपूर्वक समपन्न गर्न ठुलो धनरासी नलाग्ने हुदाँ सरस्वती पुजाको नाउँमा विधार्थी वा अभिभावक सँग कुनै किसिमको शुल्क वा चन्दा नअसुल्ने उठाई सकेको फिर्ता गर्ने डिजे बाजाको प्रयोग नगर्ने नगराउने अशल्लि तथा छाडा गित नबजाउने मुर्ति विसर्जन गर्ने नाउँमा समेत बालबालिकालाई प्रयोग नगर्ने निर्णय गरेपनि कार्यन्वयन देखिएको छैन ।

जिल्लाका सामुदायिक एवं संस्थागत विधालयले जारी गरिएको सुचना लाई अवज्ञा गर्दै चन्दा आतंक मच्चाएको छ सम्बन्धित निकाय भने मौन छ । जिल्ला प्रशासन कार्यलयको फितलो अनुगमनले जारी सुचना कागजमा सिमित देखिएको छ । स्रोतका अनुसार सिडियोले सुचना मात्र जारी गर्छ लागु हुदैन । चन्दा नअसुल्न उठाएको चन्दा फिर्ता गर्न लाई भनेको थियो तर अझ स्कुलहरुले मतलब राखैन निर्णय लागू नभएपछी सुचना जारी गरेको कुनै अर्थ भएन लागु नहुनुको कारण सम्बन्धित निकाय आँखामा पट्टी लगाएर सुतेको प्रष्ट देखिन्छ निर्णय कति लागु भएको भोली अझ छरलङग हुन्छ ।

लहानको विधालयहरुले फिर्ता गर्नको सट्टामा ४ सय देखी १५०० सय सम्म प्रत्येक अभिभावक बाट चन्दा असुलेको छ । स्कुलहरुले सरस्वती पुजा लाई फेसन र पैशा कमाउने भाडौं मात्र बनाएको छ । कतिपय स्कुलले सरस्वती पुजाको नाममा ५ देखी ७ लाख रुपैया सम्म रकम उठाउँछ ।

कतिपय अभिभावकले चन्दा तिर्न नसक्दा बिधार्थीलाई पुजाको दिन आफ्नै घरमा पुजा गर्ने लगाउछ स्कुल जान बाट बञ्चित हुन्छ स्कुलहरुको चन्दा आतंकले अभिभावक मारमा परेको जानकारी दिएको छ ।

सम्वन्धित समाचार :