सिमरा,बारा
३ फागुन २०७७
ब्राण्डेडमा सस्तो जुत्ता चप्पल तथा ब्याज विक्रि गर्दै आएको सिमराको गुप्ता मार्केट भित्रको सिमरा ब्याग एण्ड फेन्सी स्टोरले नयाँ मार्केटमा पनि पसल संचालनमा ल्याएको छ । ईलाका प्रहरी कार्यालय अगाडी नयाँ मार्केटमा स्थानिय ठाकुर खरितवडाले संचालनमा ल्याएको उक्त पसल मंगलबार सरस्वती पूजाको अवसरमा उद्घाटन गर्न लागिएको छ ।
विभिन्न ब्राण्डका जुत्ता चप्पल सस्तोमा उपलब्ध गराएर धेरैलाई सामान बेच्ने योजनाका साथ पसल नयाँ मार्केटमा समेत पसल खोलिएको खतिवडाले बताए । गुप्ता मार्केट भित्रको दुई सटर मध्य एक छाडेर नयाँ मार्केटको पसलबाट टली ब्याज, लगेज ब्याग लगायतका सुविधा जन्य ब्याग थपेर कारोबार हुनेछ । यस्ता ब्याग किन्न स्थानिय ग्राहक विरगजं हेटौंडा सम्म जानु पर्ने बाध्यता छ । अबका दिनमा अन्यत्रको भन्दा सस्तो दाममा सिमरामै ब्याग तथा जुत्ताचप्पल उपलब्ध गराउने योजनाका साथ पसल विस्तार गरिएको उनले बताए ।
सो पसलबाट स्कुल तथा अफिस ब्याग, लेडिज ब्याग समेत बिक्रि हुनेछ । यससँगैं ईरिक,नाईक, गोल्ड स्टार, मिलानो,एडिड्यास जस्ता ब्राण्डेड कम्पनीका जुत्ता चप्पल समेत विक्रि हुनेछ । साना केटाकेटी यूवायूवती वृद्धवृद्धाका लागि समेत हुने चप्पलजूत्ता सुपथ मुल्यमा बिक्री गरिने खतिवडाले बताए ।
उद्घाटनका अवसरमा विशेष छुट योजना समेत राखिएको छ । थोरै नाफामा धेरै सामान बेच्ने तयारीमा छौं उनले बताए ।