लहान माघ ३० ।
जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले कांग्रेस र कम्युनिष्ट पार्टीहरुबाट मधेश मुक्ति नहुने बताएका छन्।
सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर ५ लडकन्हा आयोजित प्रथम नगर अधिवेशनमा कांग्रेस र कम्युनिष्ट पार्टीहरु डेट एक्सपाइर भइसकेकोले मधेशको मुक्ति गर्न नसक्ने बताएका हुन्। कांग्रेस कम्युनिष्टले नै मधेशीमाथि शोषण दमन गरेको आरोप लगाउँदै खाँनले भने,‘मधेशीहरुलाई भूमिहिन बनाउने, मधेशीको अधिकार खोस्ने यिनीहरु नै हुन्।’
मधेशवादी भनिएका दलका नेताहरु पनि कालिया नाग भएको दोहर्याउँदै खाँनले भने,‘यिनीहरुले १४ वर्षदेखि मधेशीको मतसँग खेलवाड गर्दैछन्। यिनीहरुलाई जति दुध पिलाए पनि यिनीहरुले मधेशीलाई नै डस्दै आएका छन्।’
कार्यक्रमको विष्ट अतिथि ईन्द्र देव यादवले अहिलेसम्म लोकतन्त्रको रक्षा गर्न नसकेका असफल नेतृत्व हुन्। यिनै असफल नेतृत्वलाई पुनः चुनाव जिताउनु हुँदैन। जनताले दुई तिहाई दिएपनि यिनीहरु असफल भएका छन्।’
अबको निर्वाचनमा जनमत पार्टीलाई मत दिएर नेता राज नभई जनता राज कायम गर्न यादवले आग्रह गरे।