पुष्पराज खतिवडा
२८ माघ २०७७

बारा
सिमरा कोल्हवी सडकखण्डमा पर्ने बालगगां खोलामा सम्पन्नताको क्रममा रहेको पुल जग्गा विवादमा रोकिएको छ । निर्माणको अन्तीम चरमा रहेको पुलले आफ्नो जमिन मिचेको भन्दै सखरा हाउजिँग कम्पनी प्रा.लि.बसुन्धरा काठमाडौंले अदालती प्रकृयाबाट पुल निर्माण कार्य रोक्का गरेको हो ।
हाउजिंग कम्पनीले आफ्नो जमिनमा पुल बनाएकाले जग्गा खिचोला रहेको भन्दै पुल भत्काई निर्माणकार्य यथा अवस्थामा राखीपाउँ पाउँ भनि मुद्दा परेको हो । मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत बाराले ०७७ माघ ६ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । हाउजिंग कम्पनका तर्फबाट कलैया उपमहानगरपालिका २४ सखुईका रामेश्वर प्रसाद यादवले गत पौष २४ मा जिल्ला अदालत बारामा मुद्दा दर्ता गरेका हुन् ।
छलफलका क्रममा पुल निर्माण कम्पनी रसुवा आश्रय केभी काठमाण्डौंले जग्गा विवाद मिलाउने काम आफ्नो नभई सरकारको भएको भन्दै पन्छिएको छ । हाउजिंग कम्पनीले क्षेतपुर्ती दावी गरेको र निर्माण कम्पनीले आफुले दिन नसक्ने बताएपछि दुवैपक्षको अडानका कारण पुल निर्माण कार्य प्रभावित बनेको अदालत श्रोतले बतायो ।
फागुन मसान्त सम्ममा निर्माण कार्य गर्ने समय सिमा रहेको निर्माण कम्पनीले विवाद भएपछि निर्माण सामाग्री र कामदार फिर्ता लाने बताएको छ । दु्रत गतीमा काम भैरहेको र फागुन भित्रै योजना सम्पन्न गर्ने तयारी थियौं । अन्तीम समयमा हाउजिँग कम्पनीको अवरोधका कारण काम बन्द भएको पुल निर्माण पक्षका हरिचन्द्र यादवले बताए ।

पुल निर्माण अलपत्र हुँदा सो क्षेत्रहुँदै दैनिक आवतजावत गर्ने हजारौं मानिस प्रभावित बनेका छन् । पुल निर्माणका क्रममा यत्रतत्र बालुवा थुपारिँदा यात्रामा समस्या भैरहेको स्थानियले बताए ।
हिउँदामा खोलाको बालुवा र बर्षामा वाढी पार गर्न समस्या हुने गरेको सोही मार्ग हँुदै दैनिक मजदुरी गर्न जाने कलैया उपमहानगरपालिका २४ मनहर्वाका बलिराम चौधरीले सुनाए । जग्गा विवादमा यसबर्ष समेत बर्षाको बाढी सामना गर्नु पर्ने आशंका बढेको छ । पुल सम्पन्न नहूँदा खोला बगरमा दैनिक दर्जनौं सानाठुला सवारी अड्कीने गरेका छन् । जस्का कारण सिमराबाट मनहर्वा, जैतापुर, हरैया, कोल्हवी सम्म जाने हजारौं मानिस सयौं मालवाहक सवारी समस्यमा पर्दै आएका छन् ।
३ स्पानको १ सय २५ मिटर लम्बाईको सो पुलको ढलान कार्य पुरा भएको छ । पूर्व तर्फ माटो भरेर पश्चिम तर्फ माटो भर्ने क्रममा अवरोध हुँदा आगामी फागुन मसान्त भित्र आवागमन योग्य बनाई सक्ने निर्माण पक्षको योजना प्रभावित बनेको हो ।
यता अदालतमा मुद्दा हालेर पुल समेत भत्काउन माग गर्ने सखरा हाउजिँग कम्पनी प्रा.लि.का प्रतिननिधी रामेश्वर यादवले आफ्नो जमिनमा पुल निर्माण नगर्न भनेपनि नमानेकाले अदालती पकृयामा जानु परेको बताए । सडक र खोलाको नक्साको वास्तविकता एकिन नै नगरि हाउजिंग कम्पनीको जमिन मिच्ने काम भएको उनले बताए ।
सडक विभाग, पुल निर्माण कम्पनी र काम लगाउने कर्मचारी हरिचन्द्र यादवलाई विपक्षी बनाएर यादवले मुद्दा हालेको बताए । उनका अनुसार उक्त पुलका कारण कम्पनीको २ विगाह जमिन मिचिएको छ ।

सम्वन्धित समाचार :