लहान माघ २५।सिरहाको सुखिपुरमा पनि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।राष्ट्रिय जनता पार्टीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहनका क्रममा उनीहरुले सरकार विरोधी विभिन्न चर्का नारा समेत लगाएका थिए। केपी ओली नेतृत्वको सरकारले गरेको संसद विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिको विरोध गर्दै उनीहरुले पुत्ला दहन गरेका थिए ।
संसद पुनःस्थापना र नियुक्ति बदर नभएसम्म आन्दोलन जारी रहने कार्यक्रममा सहभागी प्रदेश संसद सुनिता रामले बताए । विरोध कार्यक्रममा रामका साथै बिदेश्वर पजियार ,रामरिझन यादव , धियानि यादव,जिवछ यादव , लगायतका नेता कार्यकर्ताको सहभागिता थियो । सुखिपुर स्थित रामजानकी चोकबाट सुरु भएको र्याली नगर क्षेत्र हुँदै पुनः अस्पताल चोकमै पुगेर कोणसभामा परिणत भएको थियो ।