पुष्पराज खतिवडा
बारा
१८ माघ २०७७
मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति कृष्ण पहाडीले सत्ताको तापमा बसेर संविधानको घाँटी सक्ने काम नगर्न प्रधानमन्त्री खड्ग प्रसाद ओलिलाई आग्रह गरेका छन् । आईबार बाराको सिमरामा आयोजित समाज बारा शाखाको १७ औं बार्षिकसभालाई सम्बोधनका क्रममा पहाडीले ओलीले सत्ताको दुरुपयोग गरेको बताए ।
उनले भने “सत्ताको श्रोत्र भनेकै संसद हो ,त्यसैलाई आगो लगाएर प्रधानमन्त्री ओलीले गलत गर्नु भो । संसद कोमा छ । अदालतले बचाउँछ कि बचाँदैन हेरौं । हामी अदालतको सम्मान गर्दछौं । ”
“चिन र भारत तर्फ ईशारा गर्दै पहाडीले उत्तरकाहरु नेकपा मिलाउन चाहन्छन् । दक्षिणकाहरु विभाजनको गहिराई बढेको हेर्न चाहन्छन् । हामी हाम्रो स्वभिमानको रक्षा चाहन्छौं । ” जनताले ५ बर्षका लागि संसदलाई दिएकोे सार्वभांैंसत्ताको अधिकार अबैधरुपमा ओलीले रुदुपयोग गरेको पहाडीको भनाई थियो ।
संसद नभएको अवस्थामा बैशाष देखी ओली असंबैधानिक हुन्छन् । ओली सनक र लहडमा चल्दैछन् । उनले फायर खोलेर संविधानलाई घाईते बनाए । संविधानमा संसद विघटनको परिकल्पना गरिएको छैन उनले भने ।
एउटा दल भित्रको किचलो र समितिमा अल्पमतमा पर्ने डरले संसदको घाँटी न्याक्ने काम भयो जुन महाअपराध हो । दलिय ब्यवस्थामा दलमा छलफल हुन्छ । दलको प्रावधान अनुसार चल्नुको साटो संसदमा आगो लगाउनु ओलीको अलोकतान्त्रीक कदम हो नगरिक अगुवा पहाडीले भने ।
सभालाई सम्बोधन गर्दै पहाडीले भने प्रधानमन्त्रीको कदमलाई सबैभन्दा पहिला असंबैधानीक भनेका हौं । उक्त कदम पश्चात ओलीका चार प्रकारको गतिविधीले शान्ति समाज जनसभामा निस्कीन बाध्य बनाएको पहाडीको भनाई थियो ।
पहिलो अदालदलाई धम्काउने दुस्पभाव पार्ने प्रयासका विरुद्ध, दोस्रो राज्यसंयन्त्रको दुरुपयोगका विरुद्ध , तेस्रो राज्यका पूँजीको दुरुपयोगका विरुद्ध र चौथो दमन र अपमानजनक अभिब्यक्तिका विरुद्ध भएको उनले बताए ।
कार्यक्रममा लोककवि अर्जुन पराजुलीले ब्यंग्यात्मक कविताहरु प्रस्तुत गरेका थिए । “जंगबहादुर हुनुहुँदोरहेछ तपाईं, जुँगा उखेल्नु भो हजुरले जुगको, थुकौं भने पनि तपाईंलाई,
अपमान हुने भो मेरो थुकको ” भन्दै प्रधानमन्त्री ओली प्रती कटाक्ष गरे । उनले बैशाषमा हुने भनिएको चुनावलाई यसरी ब्यङ्गय गरे । “ चुनाव त अब ७८ सालमा हुन्छ महोदय, गन्नोस् कति वर्ष बाँकी छ, हिजोमात्रै १७ साल आयो ”
कार्यक्रममा संविधानसभा सदस्य डा.शोभाकार पराजुली,मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापती उत्तम पुडासैनी ,समाजका केन्द्रिय बरिष्ठ उपसभापती गोविन्द खनाल, केन्द्रिय सचिव बाबुहरी आचार्य , पूर्व केन्द्रिय कोषाध्यक्ष हरि थपलिया लगायतले बोलेका थिए ।
जिल्ला सभापति सृजना गिरीको अध्यक्षता ,पूर्व उपसभापतिको पुष्पराज खतिवडाको स्वागत एवं पूर्व केन्द्रिय सदस्य सीता अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
फोटोमा ः सिमरामा आयोजित कार्यक्रममा मन्तब्य राख्नु हुँदै अधिकारबादी नेता कृष्ण पहाडी ।

सम्वन्धित समाचार :