पुष्पराज खतिवडा
बारा
१६ माघ २०७७

कलैया उपमहागरपालिका २४ मनहर्वाका राजेश चौधरी पेशाले सरकारी अधिकृत हुन् । उनी जिल्लाको सदरमुकाम कलैयामा रहेको पूर्वाधार विकास कार्यालयमा ईन्जिनीयरका रुपमा कार्यरत छन् । देशका दुर्गम पहाडी जिल्लामा काम गरेका चौधरी समायोजनपछि आफ्नै जिल्लामा कार्यरत छन् । पेशाका हिसावले निकै ब्यस्त रहने चौधरी फुर्सदमा भने शिक्षा , समाज र वातावरणका लागि सक्रिय रहँदै आएका छन् ।
हाल उनले आफ्नै घर परिसरमा अर्को पस्ताका लागि भन्दै पानीको प्राकृतिक शंरक्षण विधिको प्रयोग सुरु गरेका छन् । घर नजिकै रहेको खानेपानी धाराको प्रयोगपछीको खेर जाने पानि पुनः जमिनमा पठाउने विधि निर्माण गरी अरुलाई समेत सुचित गर्दै आएका छन् ।
धाराबाट निकालिएको पानि जथाभावी बग्दा फोहर हुने, घरवरपर लामखुट्टेको विगविगी भई रोगब्याद लाग्नुका साथै अनेक समस्या हुने गर्दछ । तर सोही पानि खाल्डो खनेर जमिनमा फर्काउदा अर्को पुस्ताको लागि पानि शंरक्षण हुने उनको भनाई छ ।
धाराको प्रयोगपछीको खेर जाने पानि पुनः जमिनमा पठाउन १६ मिटर गहिरो खाल्टो बनाएर सिमेन्टको रिङ्ग राखीएको छ । जमिन सतहमा ग्रावेल राखेर माथीबाट मिमेन्टको बिर्कोले शुरक्षीत गरिएको छ । यसो गर्दा खेरजाने पानि पुनः जिमिनमा जान्छ , जस्ले पानिको प्राकृतिक शंरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ चौधरीले सुनाए ।
बाक्लो बस्तीमा प्रयोगपछिको फोेहर पानि जथाभावी छाड्ने गरिँदा लामखुट्टेको प्रकोप बढ्ने गरेको छ । समाजमा नाली तथा फोहर पानि ब्यवस्थापन गर्न नजान्दा झैझगडा हुने समेत गर्दछ । एउटाको घरबाट निस्कीएको फोहर पानि अर्काको घर तिर जाने , दुर्गन्ध हुने कारण कतिपय छरछिमेकीमा विवाद हुने गरेको उनी बताउँछन् । उनी भन्छन् यी सबै समस्याको समाधान भनेकै जमिनको पानि जमिनमा पठाउने विधि हो ।


कलधाराबाट निकालिएको पानिलाई करेसाबारी हुनेले सोमा प्रयोग गर्ने नहुनेले जमिनमा केही मिटर गहिरो खनेर खाल्टोमा ब्यवस्थापन गरे मात्रै पनि धेरै खाने फाईदा पुग्ने उनी बताउँछन् ।
भारतका विभिन्न शहर तथा बाक्ला बस्तीहरुमा सरकारी पहलमै पानि ब्यवस्थापनका लागि अनिवार्य शुरक्षीत खाल्डो बनाउनु पर्ने नियम छ । तर नेपालमा भावी पुस्ताको चिन्ता छैन । हिजो बाबुबाजेका पालामा खान योग्य पानिको सतह निकै माथी थियो ।
पानिको अभाव थिएन । आज दिनप्रतिदिन सुख्खा याम सुरु हुनु अगावै कतिपय स्थानमा पानिको हाहाकार हुँदै आएको छ । यसको कारण भनेको पानिको शंरक्षण हुन नसक्नु नै हो । अर्कोकुरा पक्की ढलान, पिचको प्रयोग हो । जस्ले बर्षायाममा परेका पानिलाई जमिनमा फिर्ता गर्न दिँदैन ।
वाफको माध्यमबाट नष्ट हुँदा जमिनमा पानि शंरक्षण हुँदैन जस्ले गर्दा पानिसँगै मानिसको जीवन संकटमा छ । आजैदेखी सबैले सोच्न र सरकारी तवरवाटै पानि शंरक्षणलाई प्राथमिकता दिनु जरुरी छ, चौधरीको भनाई छ ।
फोटोमा ःईन्जिनियर चौधरी र उनले बनाएको पानि शंरक्षण प्रविधि

सम्वन्धित समाचार :