१० माघ २०७७
बारा
प्रतिबन्धीत नेकपा माओवादी विप्लव समुहले आज शनिबारका लागि घोषण गरेको नेपाल बन्दको प्रभाव बारामा परेन । यातायात ,कलकारखाना एवं बजार निर्वादरुपमा चलेको थियो ।
बन्दका प्रभाव देखाउन उदेश्यले हुन सक्छ महेन्द्रराजको पिलुवा निजगढ सडक खण्डको १३ किलो भन्ने स्थानमा शंकास्पद ढंगबाट राखिएको कुकर भने फेला परेको थियो । उक्त शंकास्पद कुकर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले सावधानीका साथ हटाएको थियो । कुकरकमा बालुवा र ईटाको टुक्रा मात्रै फेला परेको बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रले जानकारी दिए ।
उनका अनुसार सर्वसाधारणलाई आतंकित पार्ने अभिप्रायले कुकुरमा बालुवा ईटा राखेर सडकमा राखिएको हुन सक्छ । सडकमा कुकर फेला परेपछी शनिबार विहान केही बेर पूर्वपश्चिम सडक अवरुद्ध बनेको थियो ।
आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चनको गिरफ्तारी विरुद्ध विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको हो।
नेता बाँस्तोला गिरफ्तार परेपछि महासचिव विप्लवले संघर्षको कार्यक्रम घोषणा गरेका थिए। विप्लव समूहका जिल्ला समितिहरुले पनि विभिन्न जिल्लामा शनिवार बन्दको कार्यक्रम रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो।