वीरगन्ज,१० माघ
नेपाल बाल संगठन पर्साको सभापतिमा रामकिशोर सिंह पराग निर्विरोध चयन भएका छन ।
शनिबार नेपाल बाल संगठन पर्साका सभाहलमा आयोजित साधारण सभाले निर्विरोध चयन भएका हुन् ।
नवगठित समितिको उपसभापतिमा निशा बर्मा, सचिवमा हेमन्त तामाङ, कोषाध्यक्षमा राजाबाबु रौनियार रहेका छन ।
यस्तै सदस्यहरुमा मुकेस महरा, शुसिल केसी, पुकार सुवेदी र सृजना पाण्डे रहनु भएको छ ।
नेपाल बाल संगठनका केन्द्रीय प्रतिनिधि तथा वीरगञ्ज महानगरपालिका वडा नं.८ का वडाध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यता तथा नेपाल बाल संगठन सर्लाहीका तदर्थ समिति सभापति समिम बाबु खानको विशिष्ट आतिथ्यतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनका प्रतिनिधि राजकिशोर गुप्ताले बालबालिकाको हकहितका क्षेत्रमा दृढ भएर लाग्न आग्रह गर्नुभयो ।
नेपाल बाल संगठको बिधान अनुरुप साधारणसभाबाट सर्वसम्मत चयन भएका सभापति सिंहले अन्य पदाधिकारी नियुक्त गर्नु भएको हो ।
नयाँ समितिले आगामी ४ वर्ष बालबालिकाको हितमा दृढ भएर काम गर्ने सभापति सिंहले प्रतिबद्धता जनाएका छन् ।