पुष्पराज खतिवडा
बारा
५ माघ २०७७
भरखरै जिल्लाको नेतृत्व समाल्नु भएका प्रहरी प्रमुख उपरिक्षक दिपेन्द्र शाहीले हिंसा न्यनिकरण, अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । महिला, बालबालिका ,जेष्ठनागरिक र घरेलु हिंसामा परेकाहरुको पक्षमा शुन्य सहनशिलाको नीतिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।
सोमबार जिल्लाका सक्रिय पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उपरिक्षक शाहीले प्रहरी आचरण र ब्यवहार परिवर्तनसँगै सेवाग्राहिका कामलाई छिटोछरितो ढंगबाट सम्पादन गर्ने प्रयास गरिने बताउनु भयो ।
लागु औषध, अबैध कारोबार नियन्त्रण र खुल्ला सिमाबाट हुने चोरी तस्करी नियन्त्रणमा कटिबद्ध रहेनेछौं । स्वर्गिय पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न बाँकी एकजनाको विषयमा थप जानकारी लिएर आवश्यक कदम चाल्ने प्रतिवद्धता गर्दछु, शाहीले भन्नु भयो ।
यससँगै परिवर्तत राजनैनिक घटनाक्रम यसबाट उत्पन्न परिस्थीति प्रहरीले चुनौतीका रुपमा राखेको भएपनि समग्र शान्ती शुरक्षा र अमैनचयनमा सदैव प्रहरी सक्रिय भन्दै उपरिक्षक शाहीले पत्रकारहरुको साथ सहयोगको समेत अपेक्षा ब्यक्त गर्नुभयो ।
तत्कालिन उपरिक्षक कृष्ण पंगेनीको सरुवा भएपछि गत माघ १ गतेबाट जिल्लाको प्रहरी प्रमुखको जिम्मेरावरी सम्माल्नु भएका शाहीले यस अघि प्रदेश नं. २ को धनुषा र सुदुरपश्चिम प्रदेशको दार्चुला बसाईको अनुभव बारामा काम लाग्ने बताउनु भयो ।
प्रहरी नायव उपरिक्षकका रुपमा धनुषा र दार्चुला जिल्लामा रहनु भएका शाही प्रहरी उपरिक्षकका रुपमा भने काठमाण्डौं स्थीत पर्यटन प्रहरीबाट बारा आउनु भएको हो । २०५५ साल कार्तिकमा प्रहरी सहायक निरिक्षकका रुपमा प्रहरी सेवा प्रवेश गरेको बताउने शाही लम्जुङ्ग निवासी हुनुहुन्छ ।
कार्यक्रममा प्रहरी नायव उपरिक्षक गौतम् मिश्र, पत्रकारहरु पवन यादव,अजय साह, रामबाबु मेहता, पन्नालाल दास, सत्यप्रकाश श्रेष्ठ लगायत दुईदर्जन बढीको सहभागिता रहेको थियो ।
© 2024: Sima Post | All right reserved | Privacy Policy