पुष्पराज खतिवडा
बारा
४ माघ २०७७
नेपाली सेनाले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १७, १८ नं. वडाका १ सय ५० विपन्न एवं दलित परिवारमा आइतबार न्यानो कपडा कम्बल वितरण गरेको छ । वडा नं.१८को लामिडाँडामा नेपाली सेनाको श्री नं.२८ वाहिनी अड्डाका वाहिनीपती सहायकरथी जोन्सन खड्काको उपस्थीतीमा न्यानो कपडा कम्बल वितरण गरिएको हो ।
श्री नं.२८ वाहिनी अड्डा अन्तरगतको श्री चन्दननाथ गणद्वारा संचालित कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाहिनीपती खड्काले नागरिक र सेना विचको सुमधुर सम्बन्ध बनाउने उदेश्य सहित सेनाले जनहितको काम गर्दै आएको बताउनु भयो ।
“बाढी, डुवान, आगलागी ,शितलहर लगायतका विपद् र जोखिमका नागरिकको हितमा नेपाली सेना सँधै तयारी अवस्थामा छ । जोखिममा परेका नागरिकलाई तत्काल राहत, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवासँगै राष्ट्र र राष्ट्रियताका लागि नेपाली सेना परिचालिन हुने गरेको छ, ” वाहिनीपती खड्काले भन्नु भयो ।
शितलहरसँगैको चिसोबाट हुनसक्ने जोखमपूर्ण परिस्थीतीलाई मध्यनजर गर्दै सेनाले राहत स्वरुप कम्बल वितरण गरेको हो । जोखिमा रहेका यहाँका मुसहर,माझी ,पास्वान सहितका आर्थीक रुपमा विपन्नका लागि सेनाको सिमित श्रोतबाट प्रयोग हुने गर्दछ । यसअघि पनि सेनाले जिल्लाको करैयामाई गाउँपालिका निःशुल्लका स्वास्थ्य परिक्षण शिविर संचालन गरि एकहजार बढिलाई सेवा दिएको श्री चन्दन नाथगणका गणपती प्रमुख सेनानी श्यामशरण गोतामेले जानकारी दिनु भयो ।
माघ महिनाको मध्य जाडोमा नेपाली सेनाले पारिवारिक रुपमा भब्य कार्यक्रम गरी कम्मल दिदाँ खुशी लागेको वडा नं.१७ जैतापुरकी दुर्गा माझीले बताईन् । जाडोसँगै दलित बस्तीमा चिन्ता बढ्ने गरेको छ । विहान बेलुकीको छाकटार्न समस्या हुने हाम्रो समुदायलाई बर्षेनी जाडो कसरी कटाउने भनेर चिन्ता हुने गरेको उनले बताउनुु भयो ।
यस्तै जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडा स्थीत मुसहरबस्तीका अधिकान्सको परिवारमा गतीला कपडा अड्ने ओछ्यो छैनन् । सिमेन्टका बोरा, पुराना कपडा सिलाएर भोक्टा सिलाउँउने र सोही आड्ने गर्दैै आएका छौं । सेनाले दिएको कम्बल तथा विभिन्न संघ संस्थाले उपलब्ध गराउने कपडाले राहत मिलेको स्थानिय घोनी माझीले बताउनु भयो ।
खोला किनारमा बालुवा चालेर, कुलो पैनीमा माछा मारेर र अर्काको खेतबारीमा काम गर्दै गुजारा चलाउने यो समुदायले कम्बल दिएकोमा खुलेर नेपाली सेनाको प्रशंसा गरेको छ ।