Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संसद विघटन भई चुनावको घोषणा

Sima Post Sima Post
३ माघ २०७७, शनिबार
संसद विघटन भई चुनावको घोषणा
37
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

बद्री नारायण यादव
सिरहा,३ माघ । कानून, न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिगो र प्रभावकारी कामबाट तिरमिराएकाहरु चोरबाटो प्रयोग गरेर स्वार्थ पुरा गर्न प्रयास गर्दा जनताबाट चुनिएर आउनका लागि संसद विघटन भई चुनावको घोषणा भएको बताए ।
सिरहा नगरपालिका–१६ माडरस्थित सामुदायिक भवन शिल्यानास समारोहमा बोल्दै त्यस्तो कुरा बताएका हुन् । जनताको अत्यधिक मत प्राप्त गरेर प्रधानमन्त्री बनेका ओलीलाई काम गर्न दिई पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्तिका लागि सरकारले लिएको लक्ष्यलाई प्रभावित पार्न बाधा र व्यवधान खडा गर्न खोज्दा ताजा जनादेशका लागि चुनवाको घोषणाको बिकल्प नभएको उनले तर्क गरे ।


‘कुनै कार्य पुरा हुनका लागि एक विधि प्रक्रिया भए जस्तै प्रधानमन्त्री बन्नका लागि पनि एक विधि प्रक्रिया छ,’उनले भने,‘तर, नेकपाभित्रैका केही नेताहरुले त्यो विधि प्रक्रिया बिनै प्रधानमन्त्री बन्न खोज्यो । आफ्नो निजि स्वार्थ पूतिका लागि सरकारको काम अवरुद्ध गर्नुका साथै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपति विरुद्ध महाअभियोगको अघि सा¥यो । देशलाई अनिर्णयको बन्दी बनाउन खोजियो ।’
संविधान र जनता भन्दा माथि कसैले जान नमिल्ने कानूनमन्त्री श्रेष्ठले प्रष्ट पार्दै भने,‘विधि र प्रक्रियालाई टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरी चुनावको घोषणा गरेको कुरालाई लिएर अदालत गुहारिएको छ । अदालतबाट आउन निर्णयलाई सबैले स्वीकार्नुपर्छ ।’ स्थायी सरकार नहुँदा देशमा राम्रोसँग विकासका कामहरु नभएको विगत साक्षी रहेको उनले तर्क गरे ।
अरु पार्टी, सरकार र शासन पद्धतिबाट आजित भएका जनताले ओली नेतृत्वको नेकपालाई विश्वास गरेर देश विकासका लागि जनताले जनादेश दिएको कानूनमन्त्री श्रेष्ठले दाबी गर्दै जनादेश अनुरुप ओली नेतृत्वको सरकारले सबैभन्दा फरक तरिकाबाट देशको विकास तथा अन्तराष्ट्रिय सम्बन्धलाई विस्तारको प्रयास गरेको बताए ।
तराई मधेश समृद्धि कार्यक्रम, सुरक्षित आवस कार्यक्रम, व्यवस्थित नमूना विद्यालय निर्माण, स्वास्थ्य क्षेत्रमा अस्पतालहरुको स्तरोन्नति तथा नयाँ निर्माण, हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी मध्य पहाडी राजमार्ग निर्माण, गौतम बुद्ध अन्तराष्ट्रिय बिमान स्थल निर्माण, पूर्व पश्चिम राजमार्गको स्तरोन्नति गरेर ४ र ६ लाइन बनाउने जस्ता दर्जनौं विकासका योजना ल्याएर देशको विकासमा गति ल्याउनुका साथै अन्तराष्ट्रिय सम्बन्धमा सुधार ल्याएको दाबी गर्दै उनले,‘सरकारका यी कामहरु हेरेर तिरमिराएकाहरु आप्mनो स्वार्थ पुर्तिका लागि वेतुकको अवरोध सृजना गर्न प्रयास ग¥यो ।’
सैकडौं वर्ष देखि चेपेर नेपाली भुमिमा भारतले राखेको सेनालाई हटाई जग्गा फिर्ता गर्न प्रयास गर्नुका साथै नयाँ नक्सा जारी गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश उनले भने,‘पहिला पनि धेरै सरकार बन्यो तर त्यस्ता काम गर्न सकेन, किन रु’ भारत र चीनसँग सुमधुर सम्बन्ध कामय गर्दै प्रधानमन्त्री ओलीले देश विकास तथा जनताको सुरक्षाका लागि दिगो लक्ष्यका साथ अगाडि बढेको उनले प्रष्ट पारे ।
अरु पार्टी र नेताको नेतृत्वका सरकार भन्दा फरक शैली अपनाएर दिगो महत्वका काम गर्दै अघि बढ्न प्रयास थाल्दा पार्टीभित्रैका केही स्वार्थी नेताहरु अतित्व संकटमा पर्न लागेको अनुभूति भएपछि सरकारको काममा अवरोध सृजना गर्नुका साथै ओलीलाई विस्थापित गर्न खोजेपछि बचाउको बिकल्पमा संसद विघटन र चुनावको घोषणा भएको उनले दाबी गरे ।
आउदो असारभित्र कमला देखि बलानसम्मको ३२ किलोमिटर हुलाकी कालोपत्र हुने उनको दाबी छ । आउने दिन वर्षभित्र ठुला योजनाहरु समयमा सम्पन्न गर्नका लागि सरकारले विषेश ध्यान दिएको प्रभाव स्वरुप कमला र बलानमा पुल निर्माण कार्य पनि छिटै पुरा हुने उनको भनाई थियो । माडर भन्सारको स्तारोन्नति गरेर मुख्य नाका बनाउनका लागि आफुले प्रयास गरेर जग्गा खरिद गर्न ल्याएको बजेट केही कारणले फिर्ता भएको बताउदै उनले भने,‘माडर भन्सारलाई नाका बनाउन प्रयास जारी राखेकोछु ।’ कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न बन्द गरिएका नाकाहरु मध्ये मन्त्री परिषद्को निर्णयबाट केही नाकाहरु विहेवारीको समयमा किनमेल गर्न खोल्न तयारी भएको सूचीमा माडर भन्सार पनि रहेको उनले थपे ।
पानीको अभावमा किसानले खेप्दै आएको समस्यालाई समाधान गर्न आफुले संसदिय पूर्वाधार विकास कार्यक्रमबाट सिचाईका लागि विषेश खाले सिचाईका योजनाहरु संचालन गर्दै आएको उनले बताए । सिचाई, शिक्षा, सडक र स्वास्थ्य तथा अन्य महत्वपूर्ण क्षेत्रका विकासका लागि आफुले समावेशी तवरले विकास गर्न बजेट विनियोजन गरेर तराई मधेश, पहाड र हिमालको विकासका कार्यहरु एकनासले अघि बढाइएको उनको दाबी छ ।
तराई मधेश समृद्धि कार्यक्रमको २५ लाख र सशर्त अनुदानको २५ लाख गरी ५० लाख बरावरको सामुदायिक भवन सिरहा नगरपालिका वडा नं।२, १६ र १८ मा निर्माण हुने सिरहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । उनका अनुसार योसँगै नगरक्षेत्रभित्र अन्य सामुदायिक भवनहरु निर्माण हुनेछन् ।
सिरहा नगरपालिका १६ नं. वडाका वडाध्यक्ष धिरेन्द्र मोरवैताको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति सरोज कुमार यादव, सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादव, नेकपाका युवा नेता डा नविन कुमार यादव, जिल्ला बाल संगठन सिरहाका अध्यक्ष दिनेश कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

३ माघ २०७७, शनिबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

३ माघ २०७७, शनिबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३ माघ २०७७, शनिबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३ माघ २०७७, शनिबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३ माघ २०७७, शनिबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३ माघ २०७७, शनिबार
Next Post
कृषि क्रान्तिको लागी ऐतिहासिक निर्णय अध्यक्ष यादव

कृषि क्रान्तिको लागी ऐतिहासिक निर्णय अध्यक्ष यादव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी