मुकेश कुमार यादव
लहान माघ २ ।
सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको मन्त्रि लिलानाथ श्रेष्ठ वताए ।
विहिबार सिरहाको सुखिपुर नगरपालिका वाड ४ को कार्यालयले ज्यष्ठ नागरिक,दलित,अपाग तथा विपन्नलाई शीतलहर छल्न आयोजना गरेको सिरक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भाएको हो।
नेकपाका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको मन्त्रि श्रेष्ठले षडयन्त्रमुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने प्रयास सफल हुन नदिन संसद विघटन गर्नु पर्ने सरकारले बाध्यात्मक अवस्थाआएकाले जनतामा जाने निर्णय गरेको श्रेष्ठ बतखाउनु भएको छ । ।
अरु कुनै विकल्प बाँकी नरहेपछि सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा गएको दाबी वहाँको दाबी छ । ६४ प्रतिशत मत ल्याएर निर्बाचित भएका प्रधानमन्त्री र महाधिबेसनबाट निर्बाचित अध्यक्षलाई हटाएर निर्बाचनमा हारेर पनि अध्यक्ष आफु अध्यक्ष र प्रधान मन्त्री बन्ने कुन्ठा पालेका नेताले झुठो आरोप लगाएर घेराबन्दी गरेपछि जनतामा जानुको बिकल्प नभएको बताउनु भयो ।
।
सिरक वितरण कार्यक्रममा लुम्बिनि प्रदेश प्रमुख धर्मनाथ यादवले माघे संंक्रान्ति पर्वको अवसरमा सुखिपुरमा वडा कर्यालयले शीतलरमा सिरक वितरण गर्नु राम्रो काम हो ।
सुखिपुर नगरपालिका प्रमुख राम औतार यादवले सुखिपुर नगरपालिकाका जनतालाई खुशि बनाउन भौतिक विकास तर्फ सडक निर्माण,शिक्षा ,स्वास्थ्य,कृषि र समाजिक न्यायमा जोड दिएको स्पष्ट पाउनु भयो ।
वितरण कार्यक्रम वडा अध्यक्ष रामलोभित यादवले भने म विकास विरोधि होईन जनता लाई शोषन गर्ने व्यक्ती मेरो शत्रु हो र उसको विरुद्ध हरपल हुन्छु ।