Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

हुम्लामा फेरि सिमा विवाद

न्युजडेस्क न्युजडेस्क
२८ पुष २०७७, मंगलवार
हुम्लामा फेरि सिमा विवाद
5
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज भएको भइरहेको छ।

‘२०६० को दशकमा लिमी क्षेत्रमा धेरै संख्यामा पशुपालन गर्ने भएकोले लोलुङजोङ क्षेत्रभन्दा थप २/३ किलोमिटर परसम्म हामीले खर्क बनाएर पशुवस्तु राख्ने गरेका थियौँ’, नाम नखुलाउने शर्तमा एक स्थानीयले भने,‘हामीले पशुवस्तु ङपाल्न छाडेसँगै आफैँले कमाउँदै आएको भूमि पनि छाड्नु पर्ने अवस्था आयो।’

नेपालीहरू त्यहाँबाट विनाअवरोध मानसरोवर दर्शन गर्न जाने गरेका थिए। त्यतिबेला खुला मार्गका रुपमा लिमीको लाप्चा क्षेत्र प्रयोग हुँदै आएको थियो।

‘चिनियाँ छोपा(पशुवस्तु पाल्ने) पनि हाम्रो(नेपाली) क्षेत्रमा पशु वस्तु ल्याउँथे। हामीहरुका पशुबस्तुसहित चरण् खर्क उनीहरुको क्षेत्रमा पनि जान्थ्यो, त्यो क्षेत्र उनीहरु र हामी संयुक्त रुपमा मिलेर उपभाग गरेपनि अहिलको जस्तो विवाद थिएन’, ती स्थानीयले भने।

पछिल्ला पाँच वर्षयता लिमीमा पशुवस्तुको संख्या घट्दै गएपछि आफ्नो गाउँभन्दा टाढाको क्षेत्रलाई चरण क्षेत्रका रुपमा प्रयोग गर्न छाड्दा पनि चीनले आफ्नो भू–भाग भन्दै नेपाली क्षेत्र अतिक्रमण गर्न थालेकाे ती स्थानीयकाे भनाइ छ।

बारम्बार देखिदै विवाद
हुम्लाको यो क्षेत्रमा सीमा विवाद नयाँ भने होइन। सीमाविद्का अनुसार यो समाधान भइनसकेकको पुरानो विवाद हो। नेपाल र चीनबीच सन् १९६१/६२ मा पानी ढलोको सिद्धान्तका आधारमा सीमा विवाद समाधान भएपनि पूर्ण रूपमा रूपमा समाधान नभएकाे स्थानीय बताउछन्।

सन् १९६३ मा दुवै देशका परराष्ट्रमन्त्रीले सीमा सम्बन्धी सन्धिमा हस्ताक्षर गरेका थिए। जसमा दुवै देशले तयार पारेको सीमाको नक्सा पनि समाबेश गरिएको थियो।

स्थानीय भनिरहेकै छन् –हाम्रो भूमि मिचियो
विगत ५ वर्ष पहिलेदेखि नै सो स्थानमा चीनले ११ वटा ठुला भवन निर्माण गरेको छ। नाम्खा गाउँपालिका वडा नं. ६ को क्षेत्रमा पर्ने लाप्चा क्षेत्रमा चीनले नेपालतर्फ झन्डै डेढ किलोमिटर भू–भागमा चीनले भवनहरु निर्माग गरेको स्थानीयले आरोप लगाइरहेका छन्।

नाम्खा गाउँपालिका वडा नं. ६ का एक स्थानीयका अनुसार उच्च हिमाली क्षेधा भएको र त्यहाँ नेपाली समुदायको उपस्थिति नहुने भएकोले चिनियाँ पक्षले निर्वाध रुपमा भवनहरु बनाएका हुन्।

‘विगतमा त्यहाँ हाम्रो तिरबाट पशुपालनका लागि जाने गरिन्थ्यो, पछिल्लो समय यहाँबाट कोही पनि जाँदैनन्। यताबाट खाद्यान्न लैजाने र उताबाट च्यांग्रा तथा नुन ल्याउने बाटो त्यही हो’, ती स्थानीयले भने भने,‘तर अहिले भने त्यहाँ चीनले एकतर्फी रुपमा भवनहरु निर्माण गरेको छ। हामीले पनि केही समयअघि मात्रै जानकारी पाएका हौँ। त्यो भूमि हाम्रा पुर्खाहरुको प्रयोग गर्ने गरेको भूमि हो। गोठाला जाने र त्यहाँ गाइबस्तु पाल्ने काम हुन्थ्यो, हाम्रो जग्गामा चीनले अतिक्रमण गरेको हो।’

केही वर्ष पहिले चीनले २ वटा भवन निर्माण गरेको र अहिले त्यहाँ थप ९ वटा भवन निर्माण भएको छ। लिमीका स्थानीयहरका अनुसार पछिल्लो समय चिनियाँ पक्षले आफुहरुलाई गर्ने व्यवहार पनि फेरिएको छ। त्यसलाई स्थानीयले सीमा अतिक्रमणसँग जोडेर हेर्ने गरेका छन्।

‘अहिले त्यहाँ ९ वटा भवनहरू थप गरिएको छ। चार वर्ष अगाडि २ वटा भवन बनाइएको थियो। पठार क्षेत्र भएका कारण त्यहाँ नेपाल र चीनका कुनै पनि बस्ती छैनन। भवन कुन प्रयोजनको लागि बनाइएको हो, त्यो अहिले सम्म जानकारी नभएकाे स्थानीय बताउछन्।

नाम्खा गाउँपालिका वडा नं. ६ को लिमी लाप्चामा चीनले सीमा अतिक्रमण् गरेको भनी स्थानीयले बारम्बार गुनासो गर्दै आएका छन्।

नेपाल र चीनको सीमा पूर्वदेखि पश्चिमसम्म मुख्य ७९ र सहायक २१ गरी १०० वटा मार्कर राखिएका छन। नापी विभागका अनुसार सबै ठाउँमा पिल्लर नै नराखिएकोले उत्तरी सीमा छुट्याउने ठाउँलाई मार्कर भनिएको हो।



यो पनि पढ्नुहोला !

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग
BannerNews

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

२८ पुष २०७७, मंगलवार
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना
BannerNews

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

२८ पुष २०७७, मंगलवार
बारामा बन्दको प्रभाव परेन
BannerNews

बारामा बन्दको प्रभाव परेन

२८ पुष २०७७, मंगलवार
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन
BannerNews

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

२८ पुष २०७७, मंगलवार
चितुवाको आक्रमणमा परेका यूवक सकुशल
BannerNews

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

२८ पुष २०७७, मंगलवार
कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा
BannerNews

कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा

२८ पुष २०७७, मंगलवार
Next Post
वन राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै

वन राज्यमन्त्री मण्डलले वनकै जग्गामा पक्की घरको गरे शिलान्यास, बालविवाह काण्ड ताजै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

21 hours अफिले
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

22 hours अफिले
प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

1 day अफिले
बारामा बन्दको प्रभाव परेन

बारामा बन्दको प्रभाव परेन

2 days अफिले
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

2 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी