पुष्पराज खतिवडा
बारा
२७ पौष २०७७

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १८ को पराँसटोलमा श्री विष्णु महायज्ञको उद्घाटन भएको छ । सोमबार माहायज्ञ स्थलमा विधिवत रुपमा विशेष कार्यक्रम गरी महायत्रको उद्घाटन गरिएको हो । महायज्ञको पूर्वसंध्यामा आईतबार भब्य कलश यात्रा निकालिएको थियो ।

समस्त मावन जगतको कल्याण हेतु ९ दिने महायज्ञको आयोजना गरिएको मुख्य पंडित धर्मेश तीवारीले बताए ।महायज्ञ स्थलमा भगवानका अनेक रुपमा मुर्ती बनाईएको छ । डिजिटल प्रविधिको प्रयोग गर्दै बनाईएका कलात्मक मुर्तीहरुको दृश्यावलोक निकै मनमोहक देखिने उनले बताए ।

प्राय बर्षेनी यस गाउँमा महायज्ञको आयोजना हुँदै आएको छ । अन्य बर्षहरुको तुलनामा यस बर्षलाई विषेश बनाईएको महापुराण आयोजक समितिका अध्यक्ष रामाशंकर राउत कुर्मीले बताए । उनका अनुसार यस पटक महायज्ञ अवधिभर भक्तजनको मनोरञ्जनाका लागि बाहिरी जिल्लाबाट रासलिला प्रस्तुत गर्ने कलाकार टोली तथा विभिन्न खेत तमासा समेतको प्रबन्ध गरिएको छ ।
कलाकार टोलीले अनेक रुप धारण गरी भगवानका लीला प्रस्तुत गर्ने छन् उनले भने । मौतका कुवा,रोटे पिङ्ग, सर्कशहरु,झुला, बाल मनोरञ्जनका सामानले महायज्ञ परिषर मेलामा परिणत गरिएको स्थानिय प्रेमलाल यादवले बताए । माहायज्ञ आगामी माघ ६ गते समाप्ती हुने उनले जानकारी दिए ।
महायज्ञको ९ दिन सम्म नौजना पंडितले करिब ४५ क्विन्टल चरुको होम गर्ने जनाईएको छ । माहायज्ञ स्थल आसपास सजिजाउ गरिएको छ । गाउँमा मदिरापान निषेध गरिएको छ भने टाढाटाढ आएका आफन्तहरुले स्थानीयको घर भरिभराउ भएको स्थानिय धर्मेन्द्र पटेलले बताए ।
करिब १५ लाख खर्च हुने अनुमान गरिएको महायज्ञका लागि चन्दा दान उठाएईएको हो ।
फोटोमा ःमहायज्ञ स्थलमा बनाईएका मुर्ती तथा मेलामा खारिएका खेल सामाग्री

सम्वन्धित समाचार :