२७ पुष २०७७
बारा
जिल्लाको आदर्श कोतवाल गाउँपालिका– १, चिउटाहामा रहेको राम चरित्र माध्यमिक बिधालयमा गए राति चोरी भएको छ ।
विद्यालय भवनको माथिल्लो तल्लामा रहेको कम्प्यूटर कोठाको झ्याल फुटाएर करिब पाँच लाख मुल्यका ३ थान कम्प्यूटर सेट चोरी भएको विद्यालयले जनाएको छ । यस्तै सीसी क्यामरामा प्रयोग हुने समानहरु समेत चोरी भएको बिधालयका प्रधानाध्यापक दिनेश साहले बताए ।
सोमबार बिहान बिधालय खुल्दा कप्यूटर सहितका महत्वपूर्ण सामान चोरी भएको थाहा भएको उनले बताए । अन्य कम्प्युटर भने सुरक्षीत रहेका छन् ।
यस अघि पनि बिधालयको इन्भर्टर,बैट्री, पानी तान्ने ह्याण्ड पम्प जस्ता समानहरु चोरी भएको थियो । घटनाको अनुसन्धान गरेको स्थानिय प्रहरीले चोरीमा संलग्नहरुको खोजी भैरहेको जनाउको छ ।
फोटोमा ःचोरले फुटाएको झ्याल

सम्वन्धित समाचार :