वीरगन्ज,२६ पौष/

इलाका प्रहरी कार्यालय कवहीगोठको प्रमुखको रूपमा प्रहरी नायब निरीक्षक श्यामबाबू यादवले जिम्मेवारी सम्हालेदेखि तस्करहरुमा त्रास पैदा भएको छ ।

लामो समयदेखि तस्करीमा बदनाम रहेको कवहीगोठ नाका उनले जिम्मेवारी सम्हालेदेखि तस्करहरुमा त्रास पैदा भएको हो ।

यादव कवहीगोठको जिम्मेवारी पाएपछि तस्करी बन्द भएको केहि दिन देखि केहि गलत प्रबृत्तिका ब्यक्तिले गलत आरोप लगाएर बदनाम गर्न थालेका छन ।

उनले कुनै पनि हालतमा गलत गतिविधि हुन नदिन र आफ्नो कार्यकाल तस्करी हुन नदिन अडान लिएपछि उनको विरुद्धमा गलत प्रबृत्तिका ब्यक्तिले अनावश्यक समाचार सम्प्रेषण गर्न लगाएका छन ।

प्रहरी नायब निरीक्षक यादव तस्करी नियन्त्रणमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको स्थानीयबासीले बताएका छन ।

उनी जिम्मेवारी आउनु अगाडि कवहीगोठमा भएको विवादले प्रहरी र स्थानीयबीच दुरी बढेको थियो ।

तर यादव कार्यभार सम्हालेकै दिन देखि अहिले स्थानीय संग प्रहरीको सम्बन्ध सुधार भएको पाएको छ ।

स्थानीयका अनुसार केहि महिना अगाडि प्रहरी संग स्थानीयको विवाद हुँदा स्थानीयहरुले प्रहरीलाई देख्न साथ आक्रोशित हुन्थे ।

तर यादव जिम्मेवारी सम्हालेदेखि प्रहरी र स्थानीयबासीको सम्बन्ध एकदमै सुमधुर भएको सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताएका छन ।

गाउँपालिका अध्यक्ष यादवका अनुसार प्रहरी संग भएको विवादले स्थानीयबासी संग प्रहरीको दुरी बढेको थियो ।

तर प्रहरी नायब निरीक्षक यादवले त्यस विवादलाई सल्टाउदै अहिले सम्बन्ध सुमधुर , गलत प्रकृतीको कामलाई रोक्दै शान्त बनाएका छन ।

यस्तै प्रहरी नायब निरीक्षक यादवले लामो समयदेखि खुल्ला रहेकोे प्रहरी चौकी परिसरलाई पर्खालले घेराउ गर्न लगाएका छन । चौकीलाई राम्रो बनाउनका लागि उनले परिसर वरिपरि पर्खालले घेराउ गर्न लगाएका हुन् ।

उनले ईलाका प्रहरी कार्यालयको प्रहरी मेसमा पनि आन्तरिक रूपमा उल्लेखनीय सुधार गरेका छन ।

सम्वन्धित समाचार :