पुष्पराज खतिवडा
बारा
२६ पौष २०७७

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका १८ को पराँसटोलमा भब्य रुपमा श्री विष्णु महायज्ञको आयोजना गरियको छ । यही पौष २७ गते सोमबारका दिन विधिवत उद्घाटन सहित आयोजना हुन लागेको महायज्ञको पूर्वसंध्यामा आईतबार कलश यात्रा निकालिएको छ ।
महायज्ञ स्थालबाट हजारौंको संख्यामा निस्कीएको भक्तजनहरुको कलश यात्रा कलैया उपमहानगरपालिका २४ को सखुई हुँदै जीतपुरसिमरा उपमहानगरपालिकाको बडहर्वा, लामिडाँडा हुँदै पसाह खोलमा पुगेर जल भरेको छ । खोलाबाट जल भरेर कुस्माडी, जैतापुर, उचिडी, मनहर्वा हुँदै पुनः यज्ञ कलश यात्री स्थलपराँस टोल पुगेको हो ।
एकहजार माटाको कलश लिएर बाजागाजा सहित महिला, केटाकेटी, बयस्क, वृद्धवृद्धको लामोलाइन जलभर्न पसाह नदि पुगेको हो । अधिकाँस भक्तजन पैदल सवार थिए । पैदल यात्रीको सुविधाका लागि टोलहरुमा सडकमा पानी पटाउनुका साथै पानी ख्वाउने प्रबन्ध गरिएको छ । पदैलसँगै कतिपय भक्तजन टेक्टर, मोटरसाईकल ,जीप लगायतका साधनमा समेत भरिभराउ थिए ।


प्राय बर्षेनी यस गाउँमा महायज्ञको आयोजना हुँदै आएको छ । समस्त मावन जगतको कल्याण हेतु ९ दिने महायज्ञको आयोजना गरिएको मुख्य पंडित धर्मेश तीवारीले बताए ।
यस्तै अन्य बर्षहरुको तुलनामा यस बर्षलाई विषेश बनाईएको महापुराण आयोजक समितिका अध्यक्ष रामाशंकर राउत कुर्मीले बताए । उनका अनुसार यस पटक महायज्ञ अवधिभर भक्तजनको मनोरञ्जनाका लागि बाहिरी जिल्लाबाट रासलिला प्रस्तुत गर्ने कलाकार टोली तथा विभिन्न खेत तमासा समेतको प्रबन्ध गरिएको छ ।
कलाकार टोलीले अनेक रुप धारण गरी भगवानका लीला प्रस्तुत गर्ने छन् उनले भने । मौतका कुवा,रोटे पिङ्ग, सर्कशहरु,झुला, बाल मनोरञ्जनका सामानले महायज्ञ परिषर मेलामा परिणत गरिएको स्थानिय प्रेमलाल यादवले बताए । माहायज्ञ आगामी माघ ६ गते समाप्ती हुने उनले जानकारी दिए ।

सम्वन्धित समाचार :