नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा मंगलबार सिरहा सदरमुकाममा आयोजित विरोधसभालाई सम्वोधन गर्दै बक्ताहरुले संसद पुनःस्थापना गरेरै छाड्ने बताएका छन् ।
विरोध र्याली पछिको सभालाई सम्वोधन गर्दै बक्ताहरुदले संविधानलाई नै धरापमा पार्नेगरी असम्वैधानीक तरिकाले गरेको संसद विघटन आन्दोलनकै बलका पुनःस्थापना गरिछाड्ने बताएका हुन् ।
प्रदेश नं. २ का सासंद तथा नेकपा जिल्ला अध्यक्ष रामकुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाईको सरकार चलाउन नसकेपछि संसद विघटन गरेको आरोप लगाए ।
उनले प्रम ओलीको स्वच्छाचारी तथा मनपरी तन्त्र टिक्न नसक्ने देखेपछि उनले संविधानलाई नै दाउमा लगाएर संसद विघटन गरेको बताए ।
नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सासंद जगत प्रसाद यादवले भारतीयहरुको योजना अनुसार प्रमले संसद विघटन गरेको आरोप लगाए । उनले आन्दोलनबाटै संसद पुनःस्थापना र संविधानको रक्षा गरीने बताए ।
प्रतिनिधीसभाका पूर्व सदस्य सुरेश चन्द्र यादवले पनि ओली सरकारको एकतन्त्रीय शासन ढाल्न आन्दोलनको विकल्प नरहेको बताए । उनले ओली सरकारले गरेको ‘कू’ को विरुद्धमा सम्पूर्ण जनसमूदाय, पार्टी नेता कार्यकता आन्दोलनमा होमीनुको विकल्प नरहेको बताए ।
सोही क्रममा प्रदेश सभासदस्य अशोक यादवले प्रधानमन्त्री ओलीको एकतन्त्रीय शोचका कारण संसद विघटन गर्ने ठाउँमा पुगेको बताए । उनले विदेशी शक्तिहरुको चलखेल र ओलीको बहुलठ्ठी पनका कारण संसद विघटन भएको भन्दै ओलीलाई साइजमा ल्याउन आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रदर्शनमा गाउँ गाउँबाट गएका हजारौं नेता, कार्यकता तथा जनसमुदायको उपस्थिति रहेको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओली र सरकार विरुद्ध चर्का नारा लागेका थिए